१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दश वर्षभित्र दलित लेख्ने अवस्थाको अन्त्य हुन्छः मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी १० वर्षभित्र प्रदेशमा दलित लेख्ने अवस्थाको अन्त्य गर्ने बताएका छन्।

बिहीबार यहाँ आयोजित ‘प्रदेशको नीति तथा योजनामा दलित सरोकार’ अन्तरक्रियामा उनले विभेदरहित समाज निर्माणका लागि सरकारले सुरू गरेको मानवीय विकास अभियानले दलित लेख्ने अवस्था नरहने प्रष्ट पारे।

मुख्यमन्त्री कार्कीले परम्परागत सीपलाई प्राविधिक शिक्षाको रूपमा विकास गरी समाजमा रहेको पछौटे र गरिबी अन्त्य गर्ने बताए। मुलुकमा समानता र विभेदरहित समाज निर्माणमा हामी सबै आआफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उनले जोड दिए।

मुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, प्रत्येक पालिकामा दुई जना विपन्नलाई कृषि र पशु प्राविधिक शिक्षालगायत क्षेत्रमा सरकारले मानवीय विकास अभियान सुरु गरेको जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले समाजमा आर्थिक अवस्था कमजोर हुँदै जाँदा विभेद सुरू हुने विचार राखेका थिए।

प्रकाशित: ६ पुस २०८० ०१:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App