१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशीमा प्रदेश प्रमुखबाट बजेट प्रमाणिकरण

प्रदेशसभाबाट सर्वसम्मत रुपमा पारित भएको कोशी प्रदेशको बजेट प्रदेश प्रमुख पर्शुराम खापुङले प्रमाणिकरण गरेका छन्। बुधबार प्रदेशसभाबाट पारित भएको बजेट शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रमाणिकरण गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा कोशी प्रदेशसभाबाट पारित भई प्रमाणिकरण हुन आएको कोशी प्रदेश आर्थिक अध्यादेश २०८० लाई प्रतिश्थापन गर्न बनेको कोशी प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० प्रमाणिकरण गरेको उल्लेख छ।

यस्तै  कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष ०८०/८१ को सेवा र कार्यका  लागि प्रदेश सञ्चीत कोषबाट केहि रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० पनि प्रमाणिकरण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखबाट प्रमाणिकरण भएसँगै कोशी प्रदेशको बजेट कार्यान्वयनमा गएको छ।

बजेट प्रतिस्थापन विधेयक मार्फत आर्थिक वर्ष ०८०/८१ का लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजार रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा पेश गरेका थिए। उक्त बजेटलाई प्रदेशसभाले बुधबार सर्वसम्मत रुपमा पारित गरेको थियो।  

प्रकाशित: १५ मंसिर २०८० १२:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App