१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

कोशीको बजेटमा खर्च कटौती गर्न ८ वटा प्रस्ताव दर्ता

कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा आठ वटा खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सदस्यहरूले दर्ता गरेका छन्।

एमालेका सांसदहरूले ६ वटा र राप्रपाले २ वटा खर्च कटौतीको प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ।

सोमबार र मंगलबार प्रदेशसभामा विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि छलफल भएको थियो।

छलफलपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि  सभामुख इस्राइल मन्सुरीले बुधबार विहान ११ बजेसम्मका लागि समय दिएका थिए। प्रदेशसभा सचिवालयका अनुसार एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी, सांसद विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन्।

यस्तै  राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र सांसद गोपाल विश्वकर्माले छुट्टाछुट्टै खर्च कटौतीको प्रस्ताव दर्ता गरेका छन्। मुख्यमन्त्री केदार कार्कीले अघिल्ला मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेशलाई प्रतिश्थापन गर्न  शनिबार  प्रतिश्थापन विधेयक प्रदेशसभामा पेश गरेका थिए।  

प्रकाशित: १३ मंसिर २०८० ०७:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App