१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने

कोशी प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री केदार कार्की सोमबार विराटनगरस्थित स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन्।

स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० मा रहेको केन्द्र अगामी एक महिनाभित्र सञ्चालन हुने गरी काममा कुनै किसिमको ढिलासुस्ती नगरी लाग्नुपर्ने बताए।

मुख्यमन्त्री कार्कीले स्वास्थ्य केन्द्र तथा मन्त्रालयका काम नागरिकको जीवनसँग जोडिएको विषय भएकाले कर्मचारीले विशेष गरी स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भएर काम गर्नुपर्नेमा जोड दिए। ‘मन्त्रालयअन्तर्गत कुनै नयाँ अनुसन्धान गर्नुपर्ने आवश्यक भएमा नागरिकप्रति उत्तरदायी भएर गर्नुपर्छ’, उनले भने, ‘दुगर्म तथा ग्रामीण क्षेत्रमा सेवा प्रभावमा कुनै कमी हुनुहुदैन।’

रकम अभावमा नागरिक उपचारविहीन अवस्था भएर मृत्यु हुन नदिने उद्देश्यले सबैले काम गर्नुपर्नेमा मुख्मन्त्री कार्कीले जोड दिए। छलफलका क्रममा ओखलढुङ्गाका साथै अन्य एक अस्पतालमा आगामी १५ दिनभित्र विशेषज्ञसहित उपचार सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था गर्न उनले कर्मचारीलाई निर्देशन दिए।

मन्त्रालयकी सचिव डा सुधा देवकोटाले मन्त्रालयअन्तर्गतका कार्यालयमा समन्वयको अभाव रहेकाले सोको व्यवस्था गर्न मुख्यमन्त्री समक्ष आग्रह गरिन । मन्त्रालयअन्तर्गतका प्रदेश आपूर्ति व्यवस्था, स्वास्थ्य कार्यालय, प्रदेश प्रयोगशाला लगायत कार्यालयका प्रमुख एवं कर्मचारीले आ–आफ्नो कार्यालयले प्रदान गर्ने सेवाका विषयमा मुख्यमन्त्री कार्कीलाई जानकारी गराएका थिए।

प्रकाशित: २५ मंसिर २०८० १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App