१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री कार्की भन्छन्: ‘उद्योग दर्ता प्रदेशमै हुन्छ’

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्योग व्यवसाय दर्ता गर्नेले काठमाडौं धाउनुपर्ने झन्झट बेहोर्नु नपर्ने बताएका छन्।

कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा उनले एक हप्ताको समयभित्रै कोशी प्रदेशमै उद्योग दर्ताका लागि व्यवस्था मिलाइने बताएका छन्।

‘अब उद्योग दर्ताका लागि काठमाडौंको झन्झट बेहोर्नुपर्ने अवस्था हुँदैन’, उनले भने, ‘हातहतियारसम्बन्धी विशेष उद्योगबाहेक अरू उद्योग अब प्रदेशमा दर्ता हुन्छन्।’

सरकार र निजी क्षेत्र एक सिक्काका दुई पांग्र्रा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्रमैत्री बनाइने बताए। उनले भोकमरीबाट पीडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनी चाँडै गर्ने जनाउँदै जनतालाई परनिभरतामा भन्दा आत्मनिर्भरतामा जोड दिइने उल्लेख गरे।

उनले सरकारले व्यवसाय प्रवद्वर्नका लागि अब अनुदानभन्दा पनि सापटी उपलब्ध गराइने बताए। उनले भने, ‘केकेमा अनुदान छ त्यो हेरेर त्यसैतर्फ लाग्ने अनुदान पाएपछि छाडेर हिँड्ने अवस्था आयो।

अब हामी त्यसो हैन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौं।’ मुख्यमन्त्री कार्कीले कृषिको पकेट क्षेत्र बनाएर सरकारले काम गर्ने उल्लेख गर्दै दीर्घकालीन सोचअनुसार दिगो विकासका लागि पाइला चाल्नुपर्ने बताए।

विषयविज्ञका रूपमा प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको अवस्थाको प्रतिवेदन प्रस्तुत गर्दै गण्डकी प्रदेशका पूर्वनीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले परिमाणात्मक लक्ष्यमा ५० प्रतिशत हासिल भएको उल्लेख गरे।

उनले ग्राहस्थ उत्पादन राजस्व तथा सुशासन क्षेत्रमा लक्ष्य सन्तोषजनक उपलब्धि हासिल भएको उल्लेख गरे। उनले कोशी प्रदेशमा विकासका दृष्टिले अनेकौं सम्भावना रहेको जनाउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरी लाभ लिन सकिने बताए। –रासस

प्रकाशित: २ पुस २०८० ०७:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App