१४ असार २०८१ शुक्रबार
image/svg+xml

हर्कले गरे राष्ट्रियसभा मतदान बहिस्कार

मतदान गर्न बाँकी मध्ये धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मतदान गर्न नआउने बताएका छन्। उनले कार्यव्यस्तताको कारण देखाउँदै मतदान गर्न आउन नभ्याउने बताए।

पहिचानको माग संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गर्छौँ: संयोजक जवेगु

कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले प्रदेशको नाम कोशी राखेको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरको माग संविधानसम्मत रूपमा सम्बोधनकोप्रयास गरिने बताएका छन्।

प्रधानमन्त्री कप : त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले हरायो

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ।आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।

गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमार्फत घोषणा गरेको गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्।

बेसबलमा बागमती च्याम्पियन

बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बिहीबार च्याम्पियन बनेको छ।

कोशीमा आज सभामुख चयन हुँदै, राप्रपाका विष्टले गरे मनोनयन दर्ता

कोशी प्रदेशको सभामुखको निर्वाचन आज हुने भएको छ। सभामुखका लागि राप्रपाका सांसद अम्बरबहादुर विष्टले उम्मेदवारी दर्ता गरेका छन्।

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्।

कोशी प्रदेशस्तरीय भलिबल माघमा

जिल्लास्तरीय प्रतियोगितासमेत कम भइरहेको अवस्थामा कोशी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता भोजपुरमा हुने भएको छ।

मेची राजमार्ग बन्द, ठप्प छ यातायात

आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो।

प्रधानमन्त्री कप: उपाधिका लागि कोशी र एपिएफ भिड्दै

कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

अधिकार प्रयोग गर्न नपाउँदा संघीयता कमजोर भयो : सांसद पराजुली

कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले प्रदेश र स्थानीय तहले एकल अधिकार प्रयोग गर्न नपाउँदा संघीयता नै कमजोर भएको बताएका छन्।

कोशी प्रदेशसभामा सञ्चार विधेयक पेश गर्ने तयारी

कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८०’ प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री कपः कोशीद्वारा मधेश प्रदेश ६० रनले पराजित

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेश प्रदेशलाई ६० रनले पराजित गरेको छ।

कोशीले मधेसलाई दियो १३० रनको चुनौती

प्रधानमन्त्री कप राष्ट्रिय टि ट्वान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि एक सय ३० रनको चुनौती दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्