१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

हर्कले गरे राष्ट्रियसभा मतदान बहिस्कार

फाइल तस्बिर

कोशी प्रदेशमा राष्ट्रियसभाको मतदान अन्तिम चरणमा पुगेको छ। दिउँसो १: ३० बजेसम्ममा २ जनाले मात्र मतदान गर्न बाँकी रहेको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले जानकारी दिए। 

बुढाथोकीका अनुसार दिउँसो १ः३० बजे सम्ममा प्रदेशसभाका ९३ जनामध्ये सबै मतदाताले मतदान गरिसकेका छन्। स्थानीय तहतर्फका २ सय ७४ जनामध्ये २ज नाले मात्रै मतदान गर्न बाँकी रहेको छ। जसमा धरानका मेयर हर्क साम्पाङ, ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु रहेका छन्। 

मतदान गर्न बाँकी मध्ये धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले मतदान गर्न नआउने बताएका छन्। उनले कार्यव्यस्तताको कारण देखाउँदै मतदान गर्न आउन नभ्याउने बताए। ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारु बिरामी भई अस्पताल भर्ना भएका कारण मतदानमा उपस्थित हुने सम्भावना छैन।

स्थानीय तहका २ सय ७४ मतदातामध्ये एक जना भ्रष्टाचार आरोपमा निलम्बित रहेका कारण मतदाता नामावलीबाट नाम हटेको छ। बुढाथोकीले मतदान अवधि  सकिएपछि बिहीबार नै मतगणना गर्ने तयारी भइरहेको जानकारी दिए। 

प्रकाशित: ११ माघ २०८० ०८:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App