१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मेची राजमार्ग बन्द, ठप्प छ यातायात

फाइल तस्बिर

आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ।

आफ्ना कार्यकर्तालाई झुटो मुद्दामा प्रहरीले पक्राउ गरेको भन्दै उनको रिहाई माग गरी आज र भोलिका लागि मेची राजमार्ग बन्द आह्वान गरिएको हो।

बन्दका कारण बिहानैदेखि मेची राजमार्गमा छोटो र लामो दूरीका सवारी साधन चल्न सकेका छैनन्। पहिचानवादी पाँच संस्थाले संयुक्त रूपमा बन्दको आह्वान गरेका हुन्।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दैै गत मंसिर ३० र पुस १ गते बन्द आह्वान गरिएको थियो। त्यसक्रममा मंसिर ३० मा इलामको रोङ गाउँपालिका–४ स्थित मेची राजमार्गमा मे १ च ११४० नम्बरको पिकअप आगगनी गरिएको थियो। झापाबाट पराल बोकेर आइरहेको पिकअप आगजनी गरेको भन्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका ४ का ३३ वर्षे अञ्जन राई (बुलेट किराती) लाई पक्रेको छ।

तर, आन्दोलनरत समूहले पिकअपमा आफूहरूले आगजनी नगरेको भएपनि राईलाई झुटो मुद्दामा पक्राउ गरिएको दाबी गरेको छ। बन्द आह्वानकर्ताले जारी गरेको विज्ञप्तिमा यातायात बन्दका बेला गाडीमा आगजनीको गतिविधि आफूहरूले नगरेको र नगर्ने दाबी गरिएको छ। उनीहरूले पक्राउ राईलाई रिहा नगरेसम्म विरोध जारी रहने चेतावनी दिएका छन्।

आन्दोलनरत समूह ‘पहिचानसहितको प्रदेश नम्बर १ पुनः नामाङकन समिति’ अध्यक्ष डकेन्द्रसिंह थेगिमले दुुई चक्के सवारी साधन भने नरोकिएको बताए।

प्रकाशित: १८ पुस २०८० ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App