७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

बेसबलमा बागमती च्याम्पियन

बागमती प्रदेश पहिलोपटक नेपालमा आयोजना भएको राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपमा बिहीबार च्याम्पियन बनेको छ।

नेपाल बेसबल तथा सफ्टबल संघको आयोजनामा बिहीबार सम्पन्न फाइनलमा बागमतीले मधेश प्रदेशमाथि ६-५ को जित निकाल्दै उपाधि उचालेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न प्रतियोगितामा कोशी प्रदेश तेस्रो भयो।

दुईदिने प्रतियोगिताको तेस्रो स्थानका लागि कोशीले सुदूरपश्चिम प्रदेशलाई ५-४ को साँघुरो अन्तरले हरायो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी मधेशका सुकेशकुमार यादव र सर्वाधिक स्कोरर (१२ स्कोर) सुदूरपश्चिमका नितिन पाण्डे घोषित भए।

विजेता बागमतीले ३० हजार, उपविजेता मधेशले २० हजार र तेस्रो स्थानको कोशीले १० हजार रूपैयाँ र ट्रफी पाए। विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेप बोर्ड सदस्य प्रकाशकुमार कुसारी, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपति र संघका अध्यक्ष दीपक न्यौपानेलगायतले पुरस्कृत गरे।

नेपालमा सन् २०२३ देखि खेल्न सुरु गरिएको बेसबल फाइभ प्रतियोगिता पहिलोपटक आयोजना भएको हो। पहिलो संस्करणमा सातवटा प्रदेशका टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रत्येक टोलीमा आठ जना खेलाडी र दुई अफिसियल गरी कुल १० जना सदस्य रहे। सो टोलीमा दुई जना महिला खेलाडीले खेल्ने अवसर पाए। पाँच जनाको प्लेइङ सेटमा भने एक महिला खेलाडीले खेलेका थिए।

प्रकाशित: २७ पुस २०८० ००:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App