३० वैशाख २०८१ आइतबार
image/svg+xml
खेल

प्रधानमन्त्री कप: उपाधिका लागि कोशी र एपिएफ भिड्दै

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज अन्तिम खेल हुँदैछ। कीर्तिपुर मैदानमा हुने आजको उपाधि खेलमा विभागीय टोली एपिएफ र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। 

बिहान ११ बजेबाट सुरु हुने प्रतियोगितामा कोशी रुबिना क्षेत्रीको कप्तानीमा मैदान उत्रने छ भने एपिएफ इन्दु वर्माको कप्तानीमा मैदान उत्रने छ।

कोशीले सुदूरपश्चिम प्रदेशलाई ९ विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो भने एपिएफले कोशी प्रदेशलाई ५२ रनले हराउँदै फाइनलको यात्रा तय गरेको हो।

प्रतियोगितामा ७ प्रदेश र विभागीय टोलीसहित ८ टोली सहभागी थिए।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको आयोजना गरिएको हो।  

प्रकाशित: १८ पुस २०८० ०२:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App