१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पहिचानको माग संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गर्छौँ: संयोजक जवेगु

कोशी प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गर्न गठित वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुले  प्रदेशको नाम कोशी राखेको प्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत पहिचान पक्षधरको  माग संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गरिने बताएका छन्। 

आइतबार प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता समितिका संयोजक जवेगुले संविधानसम्मत रूपमा पहिचान पक्षधरको माग पुरा गर्ने प्रयास गरिने बताएका हुन्। मन्त्री जवेगुले भने ‘पहिचानको नामाकरणको माग पुरा गर्न  सजिलो नभए पनि पहिचान पक्षधर आदोलनकारीहरूसँग वार्ता गरी संविधानसम्मत रूपमा सम्बोधनको प्रयास गछौं।’

वार्ता समितिले चाँडै बैठक बसेर पहिचान पक्षधरलाई औपचारिक रूपमा वार्तामा बोलाउने उनले जानकारी दिए। वार्ता समितिका सदस्य  पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले समस्यालाई आलटान गर्न, होल्ड गर्न नभई समस्याको समाधान गर्न प्रदेश सरकारले वार्ता समिति गठन गरेको बताए। कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को शनिबारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जगेवुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो। 

प्रकाशित: ७ माघ २०८० ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App