१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस नेता सिटौलाले गराए मनोनयन दर्ता

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशमा मनोनयन दर्ता गराएका छन्।

राष्ट्रिय सभा चुनावका लागि सिटौलाले विराटनगर पुगेर मनोनयन दर्ता गराएका हुन्। उनको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्।

गत प्रतिनिधि सभा चुनावमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका सिटौलाले राष्ट्रिय सभा चुनावमा टिकट पाएका हुन्।

सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा काँग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेपछि सिटौला काँग्रसबाट परेका छन्।

यस्तै नेकपा माओवादी केन्द्रकी चम्पा कार्कीले पनि मनोनयन दर्ता गराएकी छिन्।

प्रकाशित: २३ पुस २०८० ०५:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App