१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले बजेटमार्फत घोषणा गरेको गरिब र विपन्न विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याएको बताएका छन्।

बर्जु गाउँपालिका–२ बेलगछियामा हलुवाइ साह समुदायको कूल देउता बाबा कंगाली शिवदत्त देवको पूजनोत्सलाई सोमबार सम्बोधन गर्दै कार्कीले निःशुल्क प्राविधिक शिक्षा कार्यक्रम सुरु गरेको बताएका हुन्।

कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा प्रत्येक पालिकामा गरिब र विपन्न परिवारका १÷१ जना विद्यार्थीलाई पशु र कृषि प्राविधिक शिक्षा निःशुल्क पढाउने कार्यक्रम  समावेश गरेको थियो। यस्तै  गरिब र विपन्न परिवारका विद्यार्थीलाई छात्र वृत्तिमा डाक्टर र इन्जिनियर पढाउने कार्यक्रम पनि यस वर्षबाट थालेको मुख्यमन्त्री कार्कीले बताए। उनले अब, गरिब परिवारका जेहेन्दार विद्यार्थीको चिकित्सा शिक्षा र इन्जिनियर पढ्ने सपना पैसा अभावमा अब अधुरो नहुने दाबी गरे। उनले भने ‘चालू आर्थिक वर्षबाट नै छात्रवृतिमा एमबिबिएस र इन्जिनियर पढाउन सुरु गरिसकेका छौँ।’ प्रदेशभरिका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउने कार्यक्रमका लागि  प्रदेशमा २५ लाखभन्दा कमको योजना कटौती गरेको मुख्यमन्त्री कार्कीले बताए।

प्रदेशका प्रमुख धार्मिक स्थलहरू पाथिभारा, बराह क्षेत्र र हलेसीलाई पर्यटकीय क्षेत्रका रूपमा  विकास गर्नका लागि प्रदेश सरकारले  साना योजनाको बजेट कटौती गरेको बताए।  बर्जुलाई सहर बनाउन केसलीया कोरिडोर निर्माण सुरु गर्न लागेको कार्कीले बताए। बर्जु तालको पानी देखाएर होइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना प्रदेश सरकारले ल्याउने बताए। कार्कीले अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षको बजेटबाट कोशी प्रदेशमा मानवीय विकासलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको जानकारी दिए। 

प्रकाशित: १ माघ २०८० १२:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App