३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘आप्रवासीको योगदानको कदर र अधिकारको सम्मान’

आप्रवासी श्रमिक दिवस डिसेम्बर १७ देखि २२ तारिखसम्म मूल नाराका साथ उत्साहपूर्वक मनाइँदै छ।

नेपाल गर्‍यो जर्मनीसँग श्रम सम्झौता

नेपालले जर्मनीसँग पनि श्रम सम्झौता गरेको छ। मंगलबार नेपालले जर्मनसँग पनि श्रम सम्झौता गरेको हो।

जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्न स्वीकृति

सरकारले युरोपेली मुलुक जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ।

विदेशको अनुभवले देशमा ल्याएको ऊर्जा

‘युवाहरू विदेशमा बिनापरिश्रम पैसा टिप्न पाइन्छ भन्ने सोच्छन्। विदेश जानका लागि ऋण काढेर लाखौंलाख रकम दलाललाई बुझाउँछन् तर उनीहरू त्यति रकममा व्यवसाय सञ्चालन गर्ने आँट गर्दैनन्। काम चिन्न सके स्वदेशमै अथाह पैसा छ,’ कृषि–उद्यमी सरोज कोइराला बताउँछन्।

श्रमिकको हकहितको संरक्षण सम्बन्धित देशले गर्नुपर्छ: सचिव अर्याल

संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा भएको सरकार प्रमुखहरुको ‘वल्र्ड गभरमेन्ट समिट’मा नेपालका तर्फबाट सम्बोधन गर्दै उनले नेपाली श्रमिकहरुले विभिन्न बहानामा समस्या भोगिरहेकाले उनीहरुको सुरक्षा र संरक्षणमा सम्बन्धित देशका प्रमुखहरुले ध्यान दिनुपर्ने बताएका हुन्।

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेयिबासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

श्रम मन्त्रालयले भन्यो: विचौलियाको पछि नलाग्नूस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ।

उद्यमशील बनाउने सीप सिकाउने नीति अवलम्बन गर्न सरोकारवालाको सुझाव

‘नीति छ तर कार्यान्वयन फितलो भयो। जसले गर्दा दक्ष जनशक्ति उत्पादन भएन। उत्पादन भएका अर्धदक्ष जनशक्तिपनि विदेशिए। यहाँ सँधै दक्ष जनशक्तिको अभाव भयो।’

१६ कारखाना निरीक्षक थप्न सहमति

मन्त्रिपरिषद्ले १६ जना कारखाना निरीक्षक पद थप्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रस्तावलाई सैद्धान्तिक सहमति दिएको छ।

विभिन्न मुलुकमा रहेका घरेलु महिला श्रमिक स्वदेश आएर पुनः फर्कन पाउने

सरकारले विभिन्न मुलुकमा घरेलु कामदारका रूपमा रहेका नेपाली महिला श्रमिकलाई स्वेदश आएर पुनः फर्कन पाउने व्यवस्था गरेको छ।

श्रममा समस्या र बेतिथिका चाङः सुधारमा भिन्न देखिएलान् मन्त्री श्रेष्ठ?

मन्त्रालयले दुई दिनअघि वैदेशिक रोजगारसहित श्रमसम्बन्धी गुनासो सुन्ने सहायता कक्ष (कल सेन्टर) लाई चौबीसै घण्टा सञ्चालन गर्ने निर्णय सार्वजनिक गर्दै श्रममन्त्री श्रेष्ठले नेपाली नागरिकलाई अलपत्र पार्ने जुनसुकै संस्था वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने घोषणा गरे।

प्रधानमन्त्री रोजगार कार्यक्रमको निर्देशिका संशोधन: दैनिक ६० रूपैयाँले बढ्यो श्रमिकको पारिश्रमिक

श्रम मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले अबदेखि मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नै सबैले पारिश्रमिक पाउने बताए।

रोजगार बोर्डको प्रस्ताव मन्त्रालयले पत्याएन, कामदारको पुनः एकीकरणमा ढिलाइ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले पुनः एकीकरणका लागि थुप्रै विकास साझेदार र अन्य निकायले काम गर्न चासो देखाएकाले बृहत् कार्ययोजना तयार पर्दा केही समय लागेको बताए।

बायोमेट्रिक लागु भएपछि मात्र कोरिया रोजगारी सुरु हुने

बायोमेट्रिक प्रणालीमा जो कोरियन भाषा परीक्षामा सहभागी हुने हो, सोही व्यक्तिको औंठा छाप हुने र जसले गर्दा रोजगारदातालाई झुक्याउन नपाइने भएकाले विश्वासिलो मानिन्छ। सचिव गौतमले बायोमेट्रिक प्रणालीमा परीक्षा फारम भर्दा लिइने औंठा छापलाई नै अन्तिम समयसम्म रोजगारदाताले प्रयोग गर्न पाउने बताए।

विदेशबाट निः शुल्क उद्वार: ७५ करोड विनियोजन, खर्च सवा करोड

रोजगारी गुमाएर अलपत्र परेकामध्ये निकै थोरैको निःशुल्क उद्धार हुन सके पनि मलेसियामा मात्र एक लाख बढीले रोजगारी गुमाएको लामो समयदेखि त्यहाँ बसिरहेकाले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्