२० आश्विन २०८१ आइतबार
image/svg+xml

विद्युत नहुँदा स्थानीय तहलाई भुक्तानीमा समस्या

लगातारको वर्षातपछिको पहिरोका कारण विद्युत अवरुद्ध हुँदा गोरखाको स्थानीय तहलाई भुक्तानीको समस्या भएको छ।

दूधको भुक्तानी नपाउँदा छाक टार्ने पिरलो

सरकारी स्वामित्वको दुग्ध वितरण आयोजनाले ४ महिनादेखि दूधको मूल्य भुक्तान नगर्दा किसान समस्यामा परेका छन् । प्रशोधित परिकार बिक्री नभएको भन्दै विराटनगरस्थित आयोजनाले गत माघदेखि किसानको दूधको मूल्य दिएको छैन ।

डिजिटल भुक्तानीको महत्व बढ्दो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले डिजिटल भुक्तानी आफैंमा अर्थतन्त्रको ठूलो हिस्सा बनेको बताएका छन्।

बिमा दाबी भुक्तानी

कम्पनीले रिलायबल सुलभ जीवन बिमा गरेका बिमित हरीप्रसाद पन्तको हृदयाघातबाट मृत्यु भएपछि उनकी श्रीमती परुदेवी पन्तलाई चार करोड रूपैयाँ मृत्यु दाबी भुक्तानी गरेको जनाएको छ।

बंगलादेश बैंकद्वारा बीमा भुक्तानी

नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षणको लागि गरिएको दुर्घटना बिमाबापत १५ लाख रूपैयाँ मृतक भोजबहादुर बस्नेतकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको जनाएको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा कर्जा भुक्तानीको अवधि असार मसान्तसम्म

नेपाल राष्ट्र बैंकले कोरोना महामारीका कारण प्रभावित उद्योगी, व्यवसायीलाई कर्जा भुक्तानी गर्ने अवधि असार मसान्तसम्म थप गरेको छ। यसअघि गरिएको व्यवस्था अनुसार पुस मसान्तसम्म ऋणीले कर्जा भुक्तान गर्न नसकेपछि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको जनाएको छ।

मिल मालिक पक्राउपछि उखुको भुक्तानीमा चासो

नवलपरासीको लुम्बिनी चिनी उद्योगले एक साताभित्रै आन्तरिक समस्या टुंग्याएर किसानको भुक्तानी सुरु गर्ने प्रतिबद्धता जनाएको छ। सरकारसँग भएको सम्झौताअनुरूप उसले पुस मसान्तअघि नै सम्पूर्ण किसानको भुक्तानी चुक्ता गरिसक्ने जनाएको छ।

एक महिनाभित्र उखु किसानलाई भुक्तानी दिनूः सर्वोच्च अदालत

सर्वोच्च अदालतले उखु किसानलाई एक महिनाभित्र क्रेता वा उद्योगबाट भुक्तानी दिन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले बिहीबार एक महिनाभित्र अनिवार्य रुपमा उखु किसानलाई तिर्नुपर्ने रकम क्रेता वा उद्योगबाट दिनू भनी अन्तरिम आदेश जारी गरेको हो।

अन्नपूर्ण सुगर मिलले दैनिक एक करोड रुपैयाँ भुक्तानी गर्ने

उक्त मिलले एक विज्ञप्ति प्रकाशन गर्दै आजदेखि दैनिक एक करोड रुपैयाँका दरले रकम भुक्तानी गर्ने जनाएको हो।

सरकारलाई उखु किसानको जवाफ : भुक्तानी निश्चित नहुँदासम्म सडकमै बस्छौं

उखु उत्पादक किसानले बक्यौता रकम भुक्तानी गर्ने सुनिश्चित नभएसम्म आफूहरू वार्तामा नबस्ने बताएका छन्।

‘तीन दिनभित्र कोरोना बीमा भुक्तानी गर्नू’

अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ।

भुक्तानी दाबी गरेका बीमितलाई एक हप्ताभित्र रकम दिइने

बीमा समितिबाट जारी गरिएको बीमालेखअनुसार कोरोना बीमा दाबी गरेका बिमितहरुको पिसिआर परीक्षण प्रतिवेदन ‘पोजिटिभ’ प्रमाणित भएपछि बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्क रकम भुक्तानी दाबी गरेका सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिने भएका छन्।

एनआइसी एसियाका ग्राहकलाई अनलाइन भुक्तानी गर्दा नगद फिर्ता

एनआइसी एसिया बैंकले ग्राहकमैत्री योजना ल्याउने क्रममा दसैं, तिहार, नेपाल सम्वत एवं छठ पर्वलाई लक्ष्य गरी अनलाइन सामान खरिद गर्ने ग्राहकका लागि ‘आकर्षक’ नगद फिर्ता योजना सार्वजनिक गरेको छ।

बिमा रकम भुक्तानीमा ढिलाइ

कर्णाली प्रदेश सरकारले कर्णालीका १७ लाख ७० हजार नागरिक र छ महिनादेखि कर्णालीमा कार्यरत कर्मचारीहरुको सामूहिक विपद् दुर्घटना विमा गरेको थियो। चैतयता कर्णालीमा प्राकृतिक विपत्तीमा परेर ८४ जनाले ज्यान गुमाएका छन् भने ति मध्ये एक जनाले मात्रै अहिलेसम्म विमावापतको रकम पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्