१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी एसियाका ग्राहकलाई अनलाइन भुक्तानी गर्दा नगद फिर्ता

एनआइसी एसिया बैंकले ग्राहकमैत्री योजना ल्याउने क्रममा दसैं, तिहार, नेपाल सम्वत एवं छठ पर्वलाई लक्ष्य गरी अनलाइन सामान खरिद गर्ने ग्राहकका लागि ‘आकर्षक’ नगद फिर्ता योजना सार्वजनिक गरेको छ। उक्त योजनाअन्तर्गत सस्तोडिल, ग्यापु मार्केटप्लेस, ठूलो पसल, इन्फिस्टोर, ओकोम र कालमार्ट जस्ता ई–कमर्सबाट बैंकका ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा अधिकतम २५ प्रतिशतसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

नेपालमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच चाडपर्वका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरूप बैंकले डिजिटल कारोबारमा आफ्ना ग्राहकलाई प्रोत्साहन गर्न ती ई–कमर्स कम्पनीहरूबाट जुनसुकै सामग्री खरिद गर्दा नगद फिर्ताको व्यवस्था गरेको बैंकको विज्ञप्तिमा जनाएको छ।  

बैंकले सस्तोडिल र ग्यापु मार्केटप्लेसमा २० प्रतिशत वा दुई हजारसम्म, कालमार्टमा २५ प्रतिशत वा १५ सयसम्म तथा ठूलो पसल, इन्फिस्टोर र ओकेदाममा १५ प्रतिशत वा हजार रूपैयाँसम्म नगद फिर्ता हुने व्यवस्था गरेको जनाएको छ। उक्त बैंकमा ग्राहकले २७ असोज देखि १ कात्तिक २०७७ सम्म ई–कमर्सहरूबाट किनमेल गर्दा डिजिटल भुक्तानी गरी उक्त नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ आश्विन २०७७ ०१:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App