८ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेपाललाई हराउन कठिन छ: भारतका सहायक प्रशिक्षक

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए।

इतिहास रच्ने मौकामा भारतसँग भिड्दै नेपाल, अलमुताइरीलाई फाइनलमा प्रतिबन्ध

नेपाली समय अनुसार राति ८ः४५ मा माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराए नेपाल फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ।

साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्ने

नेपाल पहिलोपटक साफको फाइनल पुगेको हो। भारत भने साफ च्याम्पियनसिपमा सबैभन्दा सफल टिम हो। अहिलेसम्म भारतले ७ पटक च्याम्पियनसिपको उपाधि जिति सकेको छ।

गौर–बैरगनिया नाका खुलेपछि आवागमन सहज

नेपाल र भारतको सीमानाका गौर–बैरगनिया खुला भएको छ। दुई देशका सीमावर्ती स्थानीय प्रशासनको सहमतिमा रौतहट सदरमुकाम गौर र भारतको बिहार प्रान्तको सीतामढी जिल्लाको बैरगनिया नाका भएर आवागमन सहज भएको हो। कोरोनाको कहर बढेपछि २०७६ को चैतमा बन्द भएको सीमानाका १८ महिनापछि सञ्चालनमा आएको हो। नाका सञ्चालनमा आएपछि सीमावर्ती स्थानीयवासीलाई सहज भएको छ।

काठमाडौं–रक्सौल रेलमार्गः फाइनल लोकेसन सर्वे समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं–रक्सौल रेलमार्गको औसत दुरी १ सय ३६ किलोमिटर हुने प्रारम्भिक अध्ययनले देखाएको छ। प्रस्तावित यो रेलमार्ग वीरगञ्जको सुक्खा बन्दरगाहबाट सुरु भई जितपुर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, चण्डीका पुल, सिस्नेखोला हुँदै चोभारमा आएर टुंगिनेछ।

सुनसरीबाट अपहरण गरि भारत पुर्‍याइएका बालककाे १० घण्टापछि सकुशल उद्धार

उनी अपहरणमा परेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरेर करिब १० घण्टा पछि बालकलाई सकुशल उद्धार गरि नेपाल ल्याएको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले जानकारी दिए।

महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

भारतीय जनता पार्टीको निमन्त्रणामा डा.महत नेतृत्वको टोली आज त्यसतर्फ लागेको हो। सो टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा रहेका छन्।

दिल्लीमा उद्धार गरिएकी बालिका तीन महिनापछि नेपालमा

नेपालका सरोकारवालाहरूको उपस्थितिमा महावाणिज्यदूत नितेश कुमारले मंगलाबार बालिकालाई बुवाको जिम्मा लगाए। कुनै चेली पनि यसरी हराउने अवस्था नहराउने वतावरण बनाउन र हराइहाले सकुशल उद्धार गरी परिवारसँग पुनर्मिलन गराउन सबैको सहकार्य आवश्यक रहेको महावाणिज्य दूतावासका अधिकारीहरूले प्रतिक्रिया दिए।

भाजपाको निम्तोमा काँग्रेसको टोली भारत जाँदै

भाजपाका वैदेशिक मामिला विभागका प्रमुख विजय चौथाइवालेको निमन्त्रणामा पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतका साथै नेताहरु उदय शम्शेर राणा र अजय चौरसिया भारत जान लागेका हुन्।

नाका नखुल्दा उपभोक्ता र व्यवसायी निराश

नेपाल सरकारले लामो समयपछि नेपाल भारत नाका खुलाउने निर्णय गरे तापनि रौतहटको सीमा जोडिएका भारतीय नाकाहरु नखुल्दा सर्वसाधारण उपभोक्ताले निकै सास्ती भोग्नु परेको छ।

भारतीय केरा आयातमा रोक लगाउन माग

चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ। सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो।

नेपालगन्ज नाकाबाट निजी सवारी साधनको आवत–जावत खुल्यो

भारतको सिमावर्ती जिल्ला बहराईचका डिएम(प्रजिअ) र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालबीच सिमानाकामा आवत–जावत खुल्ला गर्ने विषयमा पनि छलफल भएको इप्रका प्रहरी प्रमुख विष्टले सुनाए।

मुस्ताङको स्याउ बजारमा

मुस्ताङको स्याउ काठमाडौँ, पोखरा, बागलुङलगायतका सहरमा पठाउन भ्याइनभ्याई छ। बगैंचामा सङ्कलन गरेर बजारमा पठाउँदा मुस्ताङमै मूल्य प्रतिकिलो रु ८० देखि रु १२५ सम्म पर्छ।

वीरगन्ज सुक्खा बन्दरगाहमा जामः यसरी अड्किए १५ सय खाली कन्टेनर

कोरोना कालमा भएको बन्दाबन्दीका कारण खाली कन्टेनरको यहाँ जाम हुन पुगेको बन्दरगाह सञ्चालन गर्ने कम्पनी प्रिस्टिन भ्याली ड्राइपोर्टले जनाएको छ। सुक्खा बन्दरगाहमा जाम भएर बसेका खाली कन्टेनर फिर्ता पठाउन सवा करोड भारतीय रूपैयाँ अर्थात् नेपाली २ करोड खर्च हुने देखिन्छ । खाली कन्टेनर फिर्ता पठाउन नसकेर त्यसबाट भएको जामले गर्दा असहजता भएको व्यापारी बताउँछन्।

अझै खुलेन विराटनगरसँग जोडिएको रानी नाका

भारतको जोगबनीसँग जोडिएको रानी नाका पूर्णरुपले खुलेको छैन। यात्रुहरुलाई सहज आवतजावतका लागि आंशिक रुपमा रानी नाका खुलेको छ। सरकारले सीमा नाका खोल्ने निर्णय गरे पनि शुक्रबारसम्म रानी नाका नखुलेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्