coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाललाई हराउन कठिन छ: भारतका सहायक प्रशिक्षक

भारतीय फुटबल टिमका सहायक प्रशिक्षक शानमुगम वेंकटेशले नेपाललाई हराउन कठिन भएको बताएका छन्। साफ च्याम्पियनसिप २०२१ को फाइनलअघि आयोजिन प्रेस कन्फरेन्समा उनले नेपाल कडा प्रतिस्पर्धी भएकाले फाइनल खेल सहज नहुने बताएका हुन्।  

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेक प्रतिबन्धमा परेपछि सहायक प्रशिक्षक वेंकटेश शुक्रबारको प्रि-म्याच कन्फरेन्समा सहभागि भएका थिए। 'फाइनल प्रवेश गरेकोमा असाध्यै खुसी छौँ। केवल एक खेल बाँकी छ र खेलाडीहरू तयार तथा सकारात्मक छन्,' उनले भने, 'नेपालले समूह चरणमा राम्रो नजिता निकालेको थियो। उसको पुरै  टिममा आत्मविश्वास र उत्प्रेरणा छ। भोलिको खेल कठिन हुनेछ।'  

स्टिमाचले माल्दिभ्सविरुद्धको खेलमा दुई पहेंलो कार्ड पाएका थिए।  साफ च्याम्पियनसिप २०२१ को फाइनल नेपाली समयअनुसार आज राति ८ः४५ मा हुनेछ।

प्रकाशित: ३० आश्विन २०७८ ०९:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App