१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

नेपालगन्ज नाकाबाट निजी सवारी साधनको आवत–जावत खुल्यो

नेपालगन्जस्थित नेपाल–भारत सीमा नाकाबाट निजी सवारी साधनका लागि पनि आवत–जावत खुल्ला गरिएको छ। कोरोना भाइरस (कोभिड–१९) महामारीलाई लक्षित गरेर बन्द गरिएको सीमा नाका खोल्ने विषयमा नेपाल सरकारले करिव दुई साताअघि निर्णय गरेको थियो। तर, उक्त निर्णय कार्यान्वयनमा ल्याउन ढिलाई भएको थियो।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सीमा खोलिएसँगै आइतबारबाट निजी सवारी साधनले पनि आवत–जावत गर्न पाएको बताए। सीमा खुलेपनि भारतबाट आउने व्यक्तिले नेपाल सरकारले जारी गरेको ‘यात्रा ब्यवस्थित सम्बन्धी आदेश’ लाई पालना गर्नुपर्ने उनको भनाइ छ। भारतबाट आउने व्यक्तिले ७२ घण्टाभित्रमा कोभिड परीक्षण गरिएको रिपोर्टका साथै अनलाइन फाराम इन्ट्री गरेर प्रतिलिपि पेश गर्नुपर्ने प्रजिअ गेलालले बताए। ‘सरकारको पछिल्लो आदेशअनुसार नेपालगन्ज नाकाबाट निजी सवारी साधनलाई आवत–जावत गर्न खुल्ला गरिएको हो,’ उनले नागरिकसँग भने।

यसअघि सीमा नाकामा पैदल तथा एम्बुलेन्स तथा मालबाहक सवारी साधनलाई मात्र आवत–जावत गर्न दिइएको थियो। नाका पूर्ण रुपले नखुल्दा निजी सवारी साधन भारतबाट नेपाल आउन र नेपालबाट भारत लैजान रोक लगाइएको थियो। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रमुख(सई)मिनबहादुर विष्टले नाकामा अहिले नेपालबाट भारतमा र भारतबाट नेपालमा निजी सवारी साधन छिटपुट रुपमा चलिरहेको जानकारी दिए। ‘नाकामा आज निजी सवारी साधन चल्न पाएका छन्, रुपैडिहातिर र हाम्रो यहाँ कुनै रोक छैन,’ उनले भने।

भारतको सिमावर्ती जिल्ला बहराईचका डिएम(प्रजिअ) र बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालबीच सीमा नाकामा आवत–जावत खुल्ला गर्ने विषयमा पनि छलफल भएको इप्रका प्रहरी प्रमुख विष्टले सुनाए।

प्रकाशित: १७ आश्विन २०७८ ११:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App