८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रिस्टीन भ्यालीको लापरवाहीले सुक्खा बन्दरगाहमा जाम

सुक्खा बन्दरगाहको क्षमता एक पटकमा साढे १५ सय कन्टेनर ह्याण्डिल गर्ने रहेकोमा अहिले खाली कन्टेनरमात्र त्यसभन्दा बढी छ।

भूकम्पपछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समीक्षा

दुबै पक्षले शिक्षा, सांस्कृतिक सम्पदा र स्वास्थ्यको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियोजनाहरुमा भएको प्रगतिको सराहना गरेका थिए।

नेपाल–भारत सीमामा श्रीपेच र राजदण्ड

नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राख्यो। शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो।

चाडपर्वका लागि भारतबाट घर फर्किनेकाे भीड

दशैंतिहार जस्ता चाडपर्व नजिकिँदै गएपछि यहाँ भारतबाट घर फर्किने नेपाली सीमामा बढ्न थालेका छन्।

परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

सो अवसरमा उनीहरुबीच नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने विषयका साथै दुई पक्षीय एवं बहुपक्षीय मामिलाबारे विचार आदानप्रदान भएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ।

नाका खुलेपछि भारतको बजार जोगबनीमा भीड

कोरोनाको महामारी फैलिएसँगै बन्द नाका खुलेपछि किनमेलका लागि नेपाल उपभोक्ताको जोगबनी बजारमा भीड लागेको हो।

मुक्तिनाथ मन्दिर आइतबारदेखि खुल्ने

कोरोना भाइरस संक्रमणको त्रासले झन्डै ६ महिनादेखि बन्द रहेको हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर आगामि आइतबारदेखि खुल्ने भएको छ । मन्दिर खुलेपछि पर्यटकीय गतिविधि बढ्ने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।

भारतीय प्रधानमन्त्री मोदी अमेरिका भ्रमणमा

प्रधानमन्त्री नरेन्द्र मोदी संयुक्त राज्य अमेरिकाको तीन दिनको भ्रमण क्रममा बुधवार प्रस्थान गरेका छन्।

आफैँ असुरक्षित सुरक्षाकर्मी

‘सीमा क्षेत्रमा कतिबेला तस्करको आक्रमणमा परिने हो,’ एकजना सशस्त्र प्रहरीले भने, ‘असुरक्षित भएर एउठा लाठीको भरमा सीमा सुरक्षामा खटिएका छौं।’ सरकारले सीमा क्षेत्रमा पूर्वाधार निर्माण गर्न सकेको भए सीमा सुरक्षामा सहज हुने उनको भनाइ छ। तस्करले बाँकेका भित्री नाका प्रयोग गर्ने गरेको बेलाबेला गुनासाहरु आउने गरेका छन्। त्यस्ता ठूला तस्करलाई सशस्त्र प्रहरीले रोक्दा वा प्रक्राउ गर्दा तस्कर जतिबेला पनि जाइलाग्ने अवस्था भएको सर्वसाधारणहरु बताउँछन्। नेपाल–भारत सीमा नाकाले पनि दुर्गमका सुरक्षाकर्मीलाई असुरक्षित बनाएको भन्दै उनी भन्छन्, ‘सरकारले सीमा सुरक्षाकर्मीलाई प्रविधियुक्त बनाउन जरुरी छ।’

सीमा आवागमनको अवस्थाबारे प्रधानमन्त्री अनभिज्ञ

पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्।

भारतीय प्रधानमन्त्रीकाे जन्मदिनमा देउवाद्वारा शुभकामना

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन्।

तराई सडक परियोजनाको प्रगति समीक्षा

भारतको विदेश मन्त्रालयका उत्तर महाशाखा हेर्ने सहसचिव अनुराग श्रीवास्तव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माको सह–अध्यक्षतामा बैठकमा नेपालमा निर्माण भइरहेका तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा भएको थियो।

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।

भारतीय कम्पनी युमेडिकाको औषधि आयातमा रोक

औषधि व्यवस्था विभागले भारतीय उत्पादक कम्पनी युमेडिकाको औषधि नेपाल आयातमा प्रतिबन्ध लगाएको छ। अघिल्लो साता विभागले कम्पनीको आयात अनुमतिपत्र नै खारेज गरी औषधि आयातमा प्रतिबन्ध लगाएको विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्