१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन÷क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

महासंघ सभाको ढाँचा बनाउन समिति

कोरोना महामारीका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक सभा र निर्वाचनको ढाँचा तयार गर्न एक समिति गठन गरिएको छ।

राष्ट्र बैंकले थाल्यो अध्ययन

नेपालको जनसंख्या आधारमा १५–१८ वाणिज्य बैंक भए पुग्ने धेरैको भनाइ छ। हाल २७ वाणिज्य बैंकसहित करिब ७० वित्तीय संस्था सञ्चालनमा छन्।

चालु आवमा आयल निगमको योजना: पूर्वाधार निर्माण गर्न पौन ६ अर्ब

नेपाल आयल निगमले इन्धन भण्डारण र अन्य पूर्वाधार निर्माणका लागि यो वर्ष करिब ६ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। इन्धन भण्डारण लागि पूर्वाधार अभाव भएको बेला निगमले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको हो।

धिमाल र गौतम उत्कृष्ट खेलाडी

त्रिभुवन आर्मी क्लबकी रिना धिमाल र काभ्रेका युनिस गौतमलाई नेपाल आइटिएफ तेक्वान्दो महासंघले वर्ष–२०१९ का उत्कृष्ट खेलाडी घोषणा गरेको छ।

कांग्रेसमा जुटेन सहमति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहबीच पार्टीका विभिन्न निकायलाई पूर्णता दिने कि नदिने भन्नेमा सहमति जुट्न सकेन । पार्टीका विभाग गठन गर्ने विषयमा दुई पक्षबीचको विवाद सतहमा आएपछि सभापति देउवाले बिहीबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक राखेर सहमतिको प्रयास गरेका थिए ।

भारतकाे एक घरबाट २ करोड चाेरेर नेपाली जोडी फरार

भारतीय सञ्चारमाध्यमका अनुसार घरेलु कामदारका रूपमा त्यहाँ रहेका उनीहरूले एक स्थानीय घरमा कोही नभएको मौका पारी नगद, गरगहना तथा विद्युतीय उपकरण गरी २ करोड भारतीय रुपैयाँ बराबरको धनमाल लिएर गत आइतबार राति फरार भएका हुन् ।

कांग्रेस नेता चौरसियालाई कोरोना संक्रमण

पुर्वमन्त्री समेत रहेका नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजयकुमार चौरसियामा कोरोना संक्र्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पिसिआर परीक्षण प्रयोगशालाको पछिल्लो रिपोर्ट अनुसार ४३ संक्रमित देखिएका ४३ जनामध्ये एकजना नेता चौरसिया समेत रहेका छन् । ५६ वर्षीय नेता चौरसिया नेपाली कांग्रेसको तराई मधेस समन्वय विभागका प्रमुख समेत हुन ।

राष्ट्र बैंकको अनुसन्धान रिपोर्ट: पुरानो लयमा फर्कन नौ महिना लाग्ने

स्वास्थ्य तथा सामाजिक कार्यसँग सम्बन्धित क्षेत्र साढे पाँच महिनापछि र सञ्चार क्षेत्र पाँच महिनामा सामान्य अवस्थामा फर्कन सक्ने राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ।

भारतीय बोर्ड परीक्षामा नेपाली छोरीले ९६.४ प्रतिशत अंक

रोजगारीको क्रममा भारत पुगेका एक नेपाली मजदुरकी छोरी प्रतिभाले भारतीय बोर्ड परीक्षमा ९६.४ प्रतिशत अंक ल्याएर उतिर्ण गरेकी छन्।

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ।

कांग्रेस संसदीय दलको नेतामा कनौडिया

प्रदेश ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् ।

प्रदेश ५ : प्रदेश सभामा कांग्रेस संसदीय दलको नेतामा कनौडीया चयन

प्रदेश नं. ५ मा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको नेतामा बिरेन्द्र कुमार कनौडिया चयन भएका छन्। आज बसेको पार्टी संसदीय दलको बैठकले कनौडीयालाई सर्वसम्बत रुपमा प्रदेश सभाको संसदीय दलको नेता चयन गरेको हो । कनौडीया कपिलवस्तु ३ को (ख)बाट निर्वाचित प्रदेश सांसद हुन्।

कोरोना नियन्त्रणका कमजोरी र प्रगतिको समीक्षा गर्न देउवाको आग्रह

केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतासहित स्वास्थ्य विज्ञहरुसँग छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठकमा ७ बुँदामा समेटेर सुझाव दिएका छन्।

विदेशमा अलपत्र ३७ हजार ४२४ नेपाली स्वदेश फर्किए

वैदेशिक रोजगारमा गएका, घुम्न र कामकाजका लागि विदेश गएका नेपालीहरू कोरोना भाइरसको महामारीले गर्दा अलपत्र परेका छन् । जेठ १७ गते बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले विदेशमा समस्यामा परेका नेपालीलाई आगामी सातादेखि स्वदेश फर्काउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार जेठ २३ बाट स्वदेश ल्याउन थालिएका थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्