४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महासंघ सभाको ढाँचा बनाउन समिति

कोरोना महामारीका कारण रोकिएको नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक सभा र निर्वाचनको ढाँचा तयार गर्न एक समिति गठन गरिएको छ।

बुधबार सम्पन्न कार्यकारिणी समिति बैठकले जिल्ला, वस्तुगत र एसोसिएट क्षेत्रका कार्यकारिणी सदस्यहरु डिबी बस्नेत, अरुणराज सुमार्गी, सुनिलगोपाल श्रेष्ठ, विनोद ढकाल, रञ्जितराज आचार्य र भरतराज आचार्य सम्मिलित समिति गठन गरेको महासंघले जनाएको छ।

समितिलेसरकारी निकाय, कोरोना संकट व्यवस्थापन समिति (सिसिएमसी), उद्योगी–व्यवसायी, स्वास्थ्यविज्ञका साथै सरोकारवालासँग छलफल गरी महासंघमा प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदन पदाधिकारी समिति र कार्यकारिणी समितिमा छलफल गरीसभा र निर्वाचनको काम अघि बढाउने निर्णय भएको महासंघको भनाइ छ।

प्रकाशित: २३ श्रावण २०७७ ०४:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App