६ आश्विन २०८१ आइतबार
image/svg+xml

आगलागी हुँदा करोडौँको क्षति

रौतहटको गरुडामा एक पसलमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। गरुडा नगरपालिका ४ गरुडा बजारमा रहेको नवलकिशोर साहको छोरा शशीभूषण साहको घरमा शुक्रबार बिहान आगलागी हुँदा करोडौँको क्षति भएको छ।

नेविकोको उत्पादन पुनः सुरु

बिस्कुट, कुकिज, कन्फेक्सनरिज र ब्रेकफास्टजस्ता चारवटा युनिटबाट सेवा दिँदै आएको नेबिको प्रालिले आफ्नो उत्पादन पुनः सुरु गरेको छ।

घरमा आगलागी हुँदा दुई जनाको मृत्यु

आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए।

हार्डवेयर पसलमा आगलागी

आगलागीबाट पसलमा रहेका ४० लाखभन्दा बढी मूल्य बराबरका इनामेल पेन्टलगायत हार्डवेयरका सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

चिया उद्योगमा आगलागी, तीन करोडको क्षति

इलामको सूर्याेदय नगरपालिका–८, मालुममा रहेको रक्तकाली चिया उद्योगमा गएराति आगलागी भएको छ। विद्युत् सर्ट भइ आगलागी हुँदा ३ करोड रुपैयाँभन्दा बढी क्षति अनुमान गरिएको छ।

कारखानामा आगलागी हुँदा बङ्लादेशमा ५२ को मृत्यु

बङ्लादेशको एउटा कारखानामा आगलागी हुँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ। घटनामा परी अरु ३० भन्दा बढी घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरु मध्ये केहीको अवस्था गम्भीर रहेको पनि बताइएको छ।

भियतनाममा आगलागीका कारण ६ जनाको मृत्यु

आगलागी भएको सूचना प्राप्त हुँदासाथ बारूण यन्त्र, पानी बोक्ने सात गाडी, करीव सय अग्नी नियन्त्रक र सैनिक तथा प्रहरीलाई घटनास्थलमा सहयोगका लागि पठाइएको स्थानीय प्रशासनले बताएको छ।

आगलागीमा घाइतेको उपचारका क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार सापकोटाको झापाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेकामा गएराति १ बजे चिकित्सकहरूले सापकोटालाई मृत घोषित गरेको हो ।

जुम्लाको हिमशिखर माविमा लगातार तीनपटक चोरी

सोमबार राति १२ बजेतिर विद्यालयमा तोडफोड र चोरी भएको थियो। चोरी गरिरहेकै अवस्थामा विव्यस अध्यक्ष रुद्रसिंह मल्ल र उनकी पत्नी गौरा मल्लले थाहा पाएपछि चोरी तथा तोडफोडमा संलग्नलाई नियन्त्रणमा लिएका हुन।

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

बियर प्लान्टमा अहिले पनि आगो बलिरहेको छ। आगलागी भएको स्थानमा सिजी ग्रुपका प्रमुख एवं निवर्तमान सांसद विनोद चौधरीसमेत पुगेको बताईएको छ। आगलागीका कारण कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

ब्रोइलर कुखुरा फर्ममा आगलागी, चार लाख बढीको क्षति

दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरी बजारका अशोक राईको ब्रोइलर कुखुरा फर्म जल्दा करिब ४ लाख २६ हजारको क्षति भएको हो।

उदयपुरको चौदण्डीगढीमा आगलागीबाट टोलै नष्ट, १ करोड २० लाख क्षति

आइतबार विहान झिसमिसेमा लागेको आगोले उदयपुरको चौदण्डीगढी नगरपालिका ८ वीरेन्द्र बजारको एउटा टोलका ७ घरधुरी पीडित भएका छन् ।

घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति

टिनको छानो र टाटीको बेरा भएको चार कोठे घर जलेर ध्वस्त हुनुका साथै गाईगोठ, फर्निचरका सामान, अन्नपात, लत्ताकपडा, सुनचाँदीलगायतका सामाग्री जल्दा १३ लाख ६४ हजार रुपैयाँ बराबरको क्षति भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

उदयपुरमा आगलागीबाट घर जलेर नष्ट

उदयपुरमा बिहीबार आगलागीबाट एक स्थानीयको घर नष्ट भएको छ। विहान ९ बजे एक्कासी आगलागी हुँदा जिल्लाको कटारी नगरपालिका १४ लामीडाँडाका अम्बरबहादुर मगरको घर नष्ट भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्