४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा आगलागीबाट घर जलेर नष्ट

उदयपुरमा बिहीबार आगलागीबाट एक स्थानीयको घर नष्ट भएको छ। विहान ९ बजे एक्कासी आगलागी हुँदा जिल्लाको कटारी नगरपालिका १४ लामीडाँडाका अम्बरबहादुर मगरको घर नष्ट भएको हो।

आगोले मगरको टाटीले बारेको, फुसको छानो भएको घर जल्दा अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र कागजात जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कटादीलाई उद्दृत गर्दै जिल्ला प्रहरीले जनाएको छ। इप्रकाको टोलीले स्थानीयको सहयोगमा एक घण।टामा नियन्त्रणमा ल्याइएको छ।  

आगलागीबाट घरमा जडान गरिएको १२ भोल्टको सोलार प्यानलसमेत गरी अन्दाजी दुई लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ। आगोले मानवीय तथा चौपाया क्षति भने नभएको र घट्ना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ वैशाख २०७८ ११:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App