१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

आगलागीले क्षणभरमै उजाड बनेको झुरमुट्ट बस्ती (तस्बिरसहित)

महोत्तरीको मटिहानी–६ को मुस्लिम बस्तीमा बुधवार आगलागी हुँदा १ सय घर जलेर लाखौँको क्षति भएको छ।

राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित

मटिहानी–६ को मुस्लिम बस्तीका एक सय ५० अग्निपीडित परिवार राहतको प्रतीक्षामा छन्। समयमा सहयोग नहुँदा उनीहरू बिचल्लीमा परेका छन्।

डढेलोले बाख्रा फार्म ध्वस्त

लगातारको डढेलोले अघिल्लो दिन पाँच घर र आधा दर्जन गोठ जलेर नष्ट भएको भोलिपल्टै उदयपुरमा मंगलबार बाख्रा फार्म जलेर नष्ट भएको छ भने एउटा विद्यालय र केही बस्ती नै आगलागीको जोखिममा परेका छन्।

बिहे घरमा आगलागी हुँदा २ जना घाइते, ६ लाखभन्दा बढीको क्षति

सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा दुई जना घाइते भएका छन्। घाइते हुनेमा घरधनी रामचन्द्र महतो र राज मङ्गल रहेका छन्।

तनहुँका २३ सामुदायिक वनमा आगलागी: सबै नियन्त्रणमा

तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ। फागुनदेखि वैशाख महिनाको हालसम्म विभिन्न सामुदायिक वनमा डढेलो लागेको हो।

बागलुङका ३८ वनमा आगलागी: १५ वनको आगो अझै नियन्त्रणमा आएन

बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो।

कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास

हावाहुरीका कारण कपिलवस्तुमा आगलागीका घटना बढ्दै गएपछि कपिलवस्तुमा आगलागी नियन्त्रण नमुना अभ्यास गरिएको छ।

वनमा लागेको आगो गाउँ पस्दा दुई वटा घर जलेर नष्ट

बैतडीमा दुई घरमा आगलागी भएको छ। बिहीबार साँझ वनमा लागेको आगो घरमा सल्किदाँ पञ्चेश्वर गाउँपालिका–४ भनकुडाका जयबहादुर चन्दको ४ कोठे र ७ कोठे गरी २ वटा घरमा आगलागी भएको हो।

भित्र्याउने बेलाको गहुँ खेतमै खरानी बन्यो

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्