६ आश्विन २०८१ आइतबार
image/svg+xml

आगलागीले घरगोठ जलेपछि बिचल्ली

रौतहटको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीका नारायण दासको घरगोठमा आगो लागेर लाखौँको धनमाल खरानी भएपछि उनको बिचल्ली भएको छ ।

इराकको कोभिड अस्पतालमा आगलागी, २३ जनाको मृत्यु

स्वास्थ्य अधिकारीहरुका अनुसार अक्सिजन सिलिन्डर बिस्फोटबाट आगलागी सुरु भएको थियो। उक्त अस्पतालमा अग्निनियन्त्रणको व्यवस्था नभएका कारण अस्पतालभित्रका प्रज्ज्वलनशील अरु सामानहरुमा आगो तत्कालै सल्किएको थियो।

आगलागीबाट घर गोठ जल्दा साढे १६ लाख क्षति

उदयपुरमा शुक्रबार दिउसो आगलागी हुँदा एक घर गोठ जलेर नष्ट भएको छ। शुक्रबार दिउसो साढे तीन बजे एक्क्कासी आगलागी हुँदा जिल्लाको बेलका नगरपालिका २ शिवालयटोलका चक्रबहादुर राईको घर र छिमेकी तेजबहादुर नेपालीको गोठ जलेर नष्ट भएको हो।

साङ्घाईको एक कारखानामा आगलागीमा आठको मृत्यु

साङ्घाईमा एक कारखानामा बिहीबार लागेको आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन्।

कर्णालीमा जताततै आगलागी

कर्णालीमा १ वर्षको अवधिमा आगलागीका घटनामा परी ११ जनाको ज्यान गएको छ भने १ अर्ब ६४ करोड ५४ लाख रूपैयाँबराबरको धनमाल क्षति भएको छ।

बागलुङ बजारकाे हार्डवेयर पसलमा आगलागी

आगलागीबाट भएको क्षतिको यर्थाथ विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। हार्डवयर पसलमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको अनुमान स्थानीयवासीको छ।

आगलागी पीडितलाई लायन्सको राहत

आगलागीबाट घरबार विहिन भएका पीडितहरु परिवारहरु खुल्ला चौरमा रेडक्रसले दिएको प्लाष्टिकको पालमा बसेका छन्।दिउँसोको समयमा घरमा कोही नभएको बेला भएको आगलागीका कारण पीडितहरुले अन्नपात, लत्ताकपडा र भाँडाकुँडा पनि बाहिर ल्याउन पाएनन्।

नाइजरको विद्यालयमा भिषण आगलागी, २० बालबालिकाको मृत्यु

अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ।

आगलागीको धुँवाले बस्ती ढाक्यो (तस्बिरसहित)

बस्ती नजिकैको जंगलमा भीषण आगलागी हुँदा गाउँलेलाई सकस परेको छ । भीषण आगलागीका कारण गाउँ धुँवाले ढाकेको छ भने बस्तीमा आगो पस्ने त्रासले गाउँले रातभर सुत्न पाएका छैनन । एकैरातमा ठुलो वनक्षेत्र आगलागीले ध्वस्त भएको छ ।

कालीकोटका ६० वटा वनमा आगलागी

कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ। जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ। जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ।

आगलागी हुँदा छ घर जलेर नष्ट

कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ मा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्। शनिबार भएको आगलागी गाउँपालिका–८ खोलीबजार, भुराबगरमा आगलागीमा छ घर जलेर नष्ट भएका हुन्।

मुल्ली आगलागी : अन्न जल्यो, भण्डार रित्तियो

जुम्ला तिला गाउँपालिका ९ ढिपु गाउँका कलिमान बोहोराका मुल्लीमा रहेको घर जल्यो। उनी ढिपु गाउँमा बसेपछि बर्षायामका ६ महिना मुल्लीमै बस्थे। मुल्ली लेकाली बस्ती जस्तै थियो। प्रसस्त अन्न फलाउन सकिने भएकोले गाउँले त्यो बस्तीलाई अन्न भण्डारका हिसावमा चिनाउँथे।

जङ्गलमा लागेको आगो गाउँ पस्दा पाँच घर जलेर नष्ट

गए राति भएको सो घटनापछि पीडित परिवार खुल्ला आकाशमा बस्न बाध्य भएको प्रहरीले जानकारी दिएको छ। नलगाड नगरपालिकाका सबैभन्दा उच्च भाग र हावाहुरी अत्याधिक लाग्ने ठाउँ भएका कारण आगो नियन्त्रणमा लिन नसकिएकाले बढी क्षति भएको हो।

सुर्खेतको सिस्नेरीमा आगलागी, नौ घर जलेर नष्ट

पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाको सिस्नेरी बस्तीमा आगलागीबाट नौ घर जलेर नष्ट भएका छन्। बराहताल–९ मा रहेको सिस्नेरी बस्तीमा बिहीबार अपराह्न चार बजेतिर आगलागी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्