४ मंसिर २०८१ मंगलबार
image/svg+xml

शीर्ष नेतृत्व बैठक : मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए।

झुत्रो, मैलो, पुरानो र च्यातिएका नोटबाट ब्रिकेट बनाईने

नेपाल राष्ट्र बैंकले प्रचलनमा ल्याउन नमिल्ने झुत्रो, मैलो, पुरानो तथा च्यातिएका नोटलाई जलाई ब्रिकेट बनाउने प्रविधि भित्र्याएको छ। नेदरल्यान्डस्बाट पहिलोपटक भित्र्याइएको सो प्रविधिको प्रयोगबाट अब प्रचलनमा ल्याउन नमिल्ने नोटलाई भट्टीमा डढाएर निस्कने खरानीबाट इन्धनका रूपमा प्रयोग हुने ब्रिकेट बनाउन थालिएको छ।

गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रिड सबस्टेसन निर्माण भइरहेको छ ।

पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीको व्यापार मेला बिहीबारदेखि

महिला उद्यमी महासंघ नेपालले भर्चुअल रूपमा आयोजना गर्न लागेको उक्त मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नेछन्।

अलबिदा आनन्ददेव

नेपालको कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक क्रान्तिका पक्षधर भट्ट सरले कलेजमा शिक्षक मात्र नभई जीवन र जगत्लाई बुझ्न सक्ने विद्यार्थी पनि उत्पादन गरे। चेतना भरे। क्याम्पसबाट सीधै वासस्थान नफर्की समाजमा पुग्थे।

कांग्रेसको सक्रिय राजनीतिबाट विश्राम लिने पूर्वमन्त्री बाँस्कोटाको घोषणा

विसं २०५१ को संसदीय निर्वाचनमा पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भई शेरबहादुर देउवाको पहिलो प्रधानमन्त्रीत्व कालमा बाँस्कोटाले गृहराज्यमन्त्रीका रूपमा काम गरेका थिए।

कांग्रेस महामन्त्रीमा गगन थापाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरेका छन्।

आयल निगमले पूर्वाधार निर्माणमा ६ अर्ब खर्चिने

निगम सञ्चालक समितिले चालु आवका लागि सात अर्ब ४० करोड रूपैयाँको बजेट पारित गरेको छ। त्यसमा पूर्वाधार निर्माणतर्फ पाँच अर्ब ८३ करोड रूपैयाँ रहेको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट इन्धन ल्याएर बिक्री गर्दै आएको छ।

लण्डनमा 'मिनी नेपाल' (फोटो फिचर)

तमुधिं यूकेको आयोना र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२ औं नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ।

बाँके निकुञ्जभित्र पूर्वाधार तयार, पर्यटकको प्रतीक्षा

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जले पर्यटकलाई आवश्यक पर्ने संरचना तयार गरेको छ। निकुञ्जका विभिन्न स्थानमा सफारीका लागि वनपथ, मचान, ताल तथा पोखरी निर्माण गरिएको हो। पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते सरकारले बाँचे निकुञ्ज स्थापना गरेको थियो।

पार्टीबाट मन्त्री छान्ने जिम्मा नेपाललाई

नेकपा (एस) संसदीय दलको आइतबार बसेको पहिलो बैठकले संसदीय दलको नेतामा माधवकुमार नेपाललाई सर्वसम्मत चयन गरेको छ। बैठकले पार्टीबाट सरकारमा मन्त्री हुनेहरूको नाम चयन गर्ने जिम्मेवारी पनि नेपाललाई दिएको छ। नेकपा (एस) ले ६ वटासम्म मन्त्रालय पाउने सम्भावना छ।

कोभिड १९ विरुद्ध जनचेतना फैलाउँदै नेपाली सेना

डोल्पाबाट शहर झर्ने र शहरबाट डोल्पा आउने हवाई र सडक यात्रुहरुको चाप बढिरहेकाले समयमै सबैको चेत खुलोस् र पूर्व सावधानी अपनाउन सकियोस् भनेर दुनै बजार, जुफाल विमानस्थल र त्रिपुराकोट बजारमा र्याली सहितको जनचेतनामूलक कार्यक्रम गरिएको गुल्मपति सेनानी ईश्वर थापाले बताए।

मन्त्रिपरिषद् छिटो भन्दा छिटो विस्तार हुन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले छिटोभन्दा छिटो मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्