१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

गत वर्ष ६ सय किमि प्रसारण लाइन तयार

नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा १३२ केभी क्षमताका ६०४.७४ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण गरेको छ। प्राधिकरणले सोही अवधिमा प्रसारण लाइन स्तरोन्नति सहितको २१३४.२० एमभिए क्षमताका सबस्टेसन निर्माण गरेको जनाएको छ।

प्राधिकरणका अनुसार १३२ केभी, २२० केभी र ४०० केभी क्षमताका क्रमशः १०३१ सर्किट किलोमिटर, ११६५ सर्किट किलोमिटर तथा ७५६ सर्किट किलोमिटर गरी कुल २९४२ सर्किट किलोमिटर प्रसारण लाइन तथा ९,२०० एमभिए क्षमता बराबरका ग्रिड सबस्टेसन निर्माण भइरहेको छ। यी आयोजनाहरू प्रसारण निर्देशनालय र आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत निर्माण भइरहेका छन्।  

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले आव २०७७/७८ मा सम्पन्न गरेको २२६.५ एमभिए क्षमताका ३३/११ केभीका १० वटा वितरण सबस्टेसनसहित हालसम्म १९२८ एमभिएका १६१ वटा वितरण सबस्टेसनको निर्माण पूरा गरी सञ्चालनमा ल्याएको बताए। 

प्रकाशित: १५ भाद्र २०७८ ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App