समानुपातिक सूची
अहिलेसम्म प्राय: दलले समानुपातिक उम्मेदवार छनोट गर्दा प्रभावशाली नेता, तिनका परिवार, तिनले चाहेका व्यक्ति र प्रत्यक्ष निर्वाचनमा भाग लिन नचाहनेहरू हुने गरेका छन्। पार्टीमा नेताका नजिक रहेका तर निर्वाचनबाट आउन नसक्ने व्यक्तिले यसबाट अधिकतम फाइदा उठाउँदै आएका छन्।

