१० मंसिर २०८१ सोमबार
image/svg+xml

अवधि नपुग्दै बाहिरिँदै मणिपाल

वैदेशिक लगानीकर्ता रहेको नेपालकै पहिलो मेडिकल कलेज मणिपालले सबै स्वामित्व बिक्री गरेको छ । भारतीय लगानीको यो मेडिकल कलेजले पोखरेली व्यवसायीलाई स्वामित्व बिक्री गरेको हो । भारतको मणिपाल एजुकेसन एण्ड मेडिकल ग्रुपले यो कलेज संचालन गरेको थियो ।

शिक्षण अध्यापन अनुमतिपत्र उल्लेख नगरी विज्ञापन आव्हान

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित सुर्यज्योती आधारभूत विद्यालयले शिक्षक पदपूर्तिका लागि त्रुटीपूर्ण विज्ञापन खुलाएको भन्दै आलोचना भएको छ।

२०८० सम्म प्रत्येक प्रदेशमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०८० सम्म प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल शिक्षण संस्था स्थापना गर्ने बताएको छ।

महिला राष्ट्रिय फुटबल टोली : दोस्रो चरणमा २८ जना छनोट

नेपाली राष्ट्रिय महिला टोलीका प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले सोमबार दोस्रो चरणमा २८ जना खेलाडीको नाम सार्वजनिक गरेका छन्।

संक्रमितले अस्पताल भरिभराउ

काठमाडौंनजिकका जिल्ला धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, दोलखाका साथै सोलुखुम्बु, मकवानपुर, रौतहट, बारा, धनुषा, पर्सा र गोरखाबाट बिरामी आइरहेका छन्।

महिला टोलीको प्रशिक्षण सुरु

त्रिभुवन आर्मी क्लबकी कविता धिमाल र सुनीता चौधरीको स्थानमा अञ्जली वाइबा र हेमा चौधरीलाई समावेश गरिएको हो। नेपालले समूह ‘एफ’ मा फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्नेछ। छनोट चरणमा सहभागी २८ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।

प्रशिक्षणबाट १४ खेलाडी बाहिर

एसियन कप छनोट र साफ च्याम्पियनसिपका लागि जुन पहिलो साताबाट ५० खेलाडीको प्रारम्भिक टोली घोषणा भएसँगै हाल नेपाली राष्ट्रिय फुटबल टोली बन्द प्रशिक्षणमा छ। दोस्रो चरणबाट १४ खेलाडी बाहिरिएका हुन्।

कालोढुसीका कारण चारको मृत्यु, चारको दृष्टि गुम्यो

नाकमा पुगेको बेला नाक चिलाउने, नाकबाट खैरो पानी आउने, हाच्छियुँ आउने, नाक सुक्खा हुनेजस्ता ढुसीका लक्षण देखिन्छन् भने आँखामा पुगेको बेला आँखाको ढकनी सुन्निने, आँखा अँध्यारो हुने, आँखा रातो हुने, भारी हुनेजस्ता लक्षण देखिन्छन्।

टोकियोे ओलम्पिक: छोटो समयको बन्द प्रशिक्षणमा नेपाली खेलाडी

कोरोना महामारीका कारण एक वर्ष ढिला गरी आयोजना हुन लागेको टोकियो ओलम्पिक आगामी जुलाई २३ देखि सुरु हुँदै छ। टोकियो ओलम्पिक खेल्ने पाँच खेलाडीमध्ये तीन खेलाडीलाई बुधबारदेखि १५ दिनको बन्द प्रशिक्षण राखिएको छ। यसपटक सुटिङ, पौडी, एथ्लेटिक्स र जुडोका नेपाली खेलाडीले वाइल्ड कार्डमार्फतओलम्पिक खेल्दै छन्।

एन्टी डोपिङ प्रशिक्षण सम्पन्न

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद पत्रकारहरूलाई एकदिने एन्टी डोपिङसम्बन्धित प्रशिक्षण दिइएको हो।

खेलाडीलाई एन्टी डोपिङबारे प्रशिक्षण

टोकियो ओलम्पिक २०२० मा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकलाई एन्टी डोपिङ र कोभिड–१९ को बारेमा सचेतनामूलक सन्देश प्रदानगरिएको छ।

गण्डकी प्रदेशको बजेटः पाँचसय शैयाको शिक्षण अस्पताल बनाइने

गण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालयमा ३५० शैयाको जनरल अस्पतालसहित पाँचसय शैयाको शिक्षण अस्पताल निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

किस्टमा निःशुल्क कोभिड ओपिडी

किस्ट शिक्षण अस्पतालले निःशुल्क ओपिडी सेवा सुरु गरेको छ। कोभिड ओपिडीमा बिरामीका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवा निःशुल्क उपलब्ध हुनेछन्। साथै कोभिड बिरामीका लागि अन्य परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रूपमा उपलब्ध गराउने किस्ट शिक्षण अस्पतालले जानकारी गराएको छ।

दुई साताको अन्तरालमा पाँच संक्रमितको मृत्यु

प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराईले आइतबार दिउँसो एकजना महिलाको मृत्यु भएको बताए। उनले गुठिचौर गाउँपालिका ३ की ७० वर्षीया एक महिलाको मृत्युसँगै पाँच जनाको मृत्यु भएको बताए।

जुम्ला अस्पताल: दुई सातामा तीन जना संक्रमितको मृत्यु

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार गराइरहेका एक जना संक्रमितको मृत्यु भएको छ। कालिकोट तिलागुफा नगरपालिकाका ८० वर्षीय एक संक्रमितको बिहान मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्