३ मंसिर २०८१ सोमबार
image/svg+xml

निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार : अध्यक्ष दाहाल

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कम्युनिष्टको बहुमतको सरकार बन्ने र त्यसले राजनीतिक स्थिरता कायम गर्ने बताएका छन्।

काठमाडौं नेशनलको सम्बन्धन खारेज नगर्ने अन्तरिम आदेशविरुद्ध सरकारको 'भ्याकेट'

काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन बदर गर्ने निर्णयमा जारी सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सरकारले 'भ्याकेट' दर्ता गराएको छ। शिक्षा मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् कार्तिक ८ मा जारी आदेश खारेजीको माग गर्दै मंगलबार भ्याकेट दर्ता गराएको हो।

सरकारी कागजात नक्कली बनाउने गरेको आरोपमा दुई पक्राउ

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने गिरोहका २ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको छ।

बाढी पहिरोबाट प्रभावितका लागि सरकारले विशेष योजना ल्याउँदै

सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ ।

स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताएका छन्।

सरकारी छात्रवृत्ति लक्षित वर्ग नै बेखबर

गरिब तथा  विपन्न विद्यार्थीलाई उच्च शिक्षाका लागि दिइने करिब ५ करोड २० लाखको छात्रवृत्तिबारे लक्षित वर्ग नै बेखबर रहेको देखिएको छ । लक्षित विद्यार्थीसम्म जानकारी पुग्न नसक्दा छात्रवृत्तिको पूर्ण सिटको लागि आवदेन आउन नसक्दा गरिब तथा विपन्न विद्यार्थी लाभान्वित हुन सकेका छैनन्।

बाम गठबन्धनले पाँच वर्ष टिक्ने सरकार बनाउँछ : दाहाल

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले ७० वर्षदेखि चल्दै आएको अस्थिर सरकारको इतिहास बाम गठबन्धनले तोड्ने बताएका छन्।

कांग्रेस एकपटक सरकार बाहिर रहनैपर्छ : नेम्वाङ

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुकलाई स्थायित्व र विकासको गति प्रदान गर्न नेपाली कांग्रेसले अबको पाँच वर्ष सरकार बाहिर रहनुपर्ने बताएका छन् । पूर्व सभामुखसमेत रहेका नेम्वाङले नेपाली कांग्रेसले लामो समयदेखि सरकारमा सहभागी हुँदै आएकोले अबका केही वर्ष प्रतिपक्षमा रहनुपर्ने बताएका हुन् ।

स्थानीय सरकारलाई पर्यटक शुल्क उठाउन रोक

सरकारले स्थानीय तहले जथाभावी पर्यटक शुल्क असुल्न थालेपनि सरकारले रोक लगाएको छ। आफूखुशी चर्को शुल्क उठाउँदै आएको गुनासो पर्यटकबाट आएपनि आइतबार सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो निर्णय गरेको हो ।

सरकार र व्यवसायी दुवै गैरजिम्मेवार

२०७१ चैत २ गते जुम्ला खलंगाको बसपार्कबाट कालीकोटका लागि गुडेको  ना४ख ४९७० को यात्रुबस जुम्लाको साबिक रारालिही–२, डोकोलोटौमा दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । १४ जना घाइते भए । सरकारले दुर्घटना छानबिन गर्न तत्कालीन मध्यपश्चिमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका मुक्ति गौतमको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गयो ।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

हङकङ सरकारबाट म्याग्दीकी गुरूङ सम्मानित

म्याग्दीकी राधिका (टिका) गुरूङ समाज सेवामा योगदान गरेबापत हङकङ सरकारबाट सम्मानित भएकी छिन्। शनिबार हङकङ सरकारकी कार्यकारी प्रमुख क्यारी लामले बेनी नगरपालिका–७ विरेन्द्रचोककी गुरूङलाई  चिफ एक्जक्यूटिभ कमेन्डेसन फर कम्यूनिटी सर्भिस’ बाट सम्मानित गरिएको हो।

उम्मेदवारी दर्तापछि माओवादीले सरकार छाड्ने

प्रतिपक्षी एमालेसँग चुनावी गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसरे बिनाविभागीय वनाएका माओवादी केन्द्रका मन्त्रीले कात्तिक ५ गतेपछि राजिनामा दिने भएका छन । मंसिर १० मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनका लागि कात्तिक ५ गते उम्मेदवारी मनोनयन गर्ने कार्यक्रम छ ।

ताेकिएकाे मितिमा चुनाव गराउन राप्रपा सरकारमा : उपप्रधानमन्त्री थापा

उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले चुनावको सुनिश्चितताका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा गएको बताए । ऊर्जा मन्त्रालयमा बुधबार पदभार ग्रहण गर्दै यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा बनेको सरकारमा पनि चुनावको सुनिश्चितताकै लागि राप्रपा गएको जानकारी गराए ।

सरकारले माओवादी मन्त्रीलाई जिम्मेवारीबाट हटायो

शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी केन्द्रका मन्त्रीहरुलाई जिम्मेवारीमुक्त गरेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले माओवादी मन्त्रीहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्