३ मंसिर २०८१ सोमबार
image/svg+xml

चुनाव सार्ने गोप्य सूचना आयो, अब सरकारबाट बाहिरिदैनौं: गृहमन्त्री

नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट तत्काल नबाहिरिने भएको छ।

पार्टीले निर्णय गरे सरकारमा एक मिनेट बस्दैनौ: उपप्रधानमन्त्री महरा

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पार्टीले फिर्ता बोलाए सरकारमा एक मिनेट नवस्ने बताएका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई दिएको समर्थन कायमै रहेको बताए।

माओवादी सरकारबाट बाहिरिने

नेपाली कांग्रेससँग सत्ता साझेदारीमा रहँदै प्रतपक्षी नेकपा एमालेसँग वाम गठवन्धन गरेको नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।

संसदमा ओलीको प्रश्न: सरकारले कानुन मान्नु पर्दैन ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता विपरित मन्त्री थपेर कानुनको उल्लङघन गरेको बताएका छन्।

सरकार विस्तार , कमल थापा उपप्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा एक उपप्रधान सहित तीन मन्त्री र ४ राज्यमन्त्री थप्ने भएका छन्। सरकारमा राप्रपा सहभागि हुन लागेको हो।

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामा : राणा

अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलार्इ तरार्इसँग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलार्इ बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए।

सर्वोच्चले सरकारलाई डाक्यो

सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ अपांगता भएका व्यक्तिहरूको अनिवार्य प्रतिनिधित्व नगराइएको भन्दै सरकारलाई छलफलका लागि बोलाएको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले मंगलबार कारण देखाऊ आदेशसहित अदालतमा छलफलका लागि सरकार पक्षलाई बिहीबार डाकेको हो ।

सरकारलाई राप्रपाको समर्थन

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेकोे छ । राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ र प्रमुख सचेतक दिलनाथ गिरीले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा गई राप्रपाले सरकारलाई समर्थन गरेको पत्र बुझाएका हुन ।

राप्रपा सरकारमा सहभागी हुने

राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुने भएको छ । पार्टीको साेमबार बसेको आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सरकारमा देखिएको अन्योलताले चुनाव समयमा हुन नसक्ने हुँदा पार्टीले सरकारमा प्रतिनिधित्व गरेर भए पनि चुनावको वातावरण बनाउन अधिकांश नेताले सुझाएपछि सरकारमा जाने निर्णय गरेको हो ।

देउवा सरकारको कठपुतली : बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले शेरबहादुर देउवा नेतृत्वको सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् । रफत सञ्चार क्लवमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थानीय तहको निर्वाचन सम्पन्न भएता पनि सिंहदरबारको अधिकार गाँउ–गाउँसम्म भन्ने नारामात्र सिमित हुनु र कर्मचारीले सरकार चलाउनुले देउवा सरकार कर्मचारीको कठपुतली भएको आरोप लगाएका छन् ।

गृहसहित चार मन्त्रालय लिएर राप्रपा देउवा सरकारमा सहभागी हुने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा सहभागी हुने भएको छ। सोमबार बिहान बसेको कार्यसम्पादन बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो। हाललाई भने उक्त बैठक स्थगित गरी अध्यक्ष थापा मन्त्रालय टुंग्याउन बालुवाटार गएका छन्।

सरकारमा सहभागी हुन राप्रपाले आकस्मिक बैठक बोलायो

राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागिता हुने विषयमा निर्णय लिन आकस्मिक केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाले सरकारलाई समर्थन गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने भएको छ । देउवासहित नेपाली कांग्रेस नेतासँग आइतबार भएको बैठकमा राप्रपाका नेताहरूले सरकारलाई समर्थनको पत्र लेख्न सहमत भएको हो ।

माओवादी सरकार ढाल्ने पक्षमा छैन : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी नेपाली कांग्रेस नेतृत्वको सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन्। उनले भने, 'वाम गठबन्धन, पार्टी एकता फरक विषय हो । सरकार संविधान कार्यान्वयन गराउने लक्ष्यका साथ गठन भएको हो। यसको ध्येय आगामी मंसिरमा प्रतिनिधिसभा र संघीय संसद्को निर्वाचन गराउनेमा छ । हामी निर्वाचन सफल बनाउन चाहन्छौं।'

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

वामपन्थी दलहरूको नयाँ गठबन्धन प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सम्पन्न नहुन्जेल शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परिवर्तनको खेलमा सहभागी नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी चुनावका माध्यमबाट नयाँ संसद् नचुनिउन्जेलसम्म देउवा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्