सरकारी आग्रह लत्याउँदै ओपिडी सेवा ठप्प
नेपाल चिकित्सक संघले सरकारी आग्रह बेवास्ता गर्दै विगत चार दिनदेखि स्वास्थ्य संस्थामा जारी राखेको हडतालका कार्यक्रमलाई मंगलबार पनि निरन्तरता दिने भएको छ । ओपिडी सेवा ठप्प पारिँदा गत शुक्रबारदेखि लाखौं बिरामी स्वास्थ्य सेवाबाट वञ्चित छन् । बिरामीको स्वास्थ्यमाथि संवेदनशील नभई संघले स्वास्थ्य संस्थामा हडताल जारी राखेको हो ।