२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हिउँदमा चल्ने सडक वर्षामा ठप्प

वर्षाका कारण खोटाङका अधिकांश सडक बन्द भएका छन्। हिउँद याममा सञ्चालन हुने जिल्लाका दर्जनौं सडक वर्षाका कारण ठप्प भएका छन्।

बार–बेन्च विवाद यथावत, आइतबार पनि इजलास ठप्प

जनकपुर उच्च अदालत राजविराज इजलासका न्यायाधीशहरूमाथि आर्थिक चलखेल गरी फैसला तथा आदेश गरिरहेको गम्भीर आरोपसहित आन्दोलनमा रहेका कानुन व्यवासायी आइतबार पनि काममा फर्केका छैनन्।

पहिरोका कारण आवागमन ठप्प

डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ।लगातारको वर्षापछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो।

लाभकर विवादले सेयर कारोबार ठप्प

सरकारले बोनस र हकप्रद सेयर किनबेच हुँदा अंकित मूल्यभन्दा बढी रकममा पुँजीगत लाभकर लिने व्यवस्था गरेपछि विरोधमा उत्रिएका लगानीकर्ताले मंगलबारको सेयर कारोबार ठप्प पारेका छन् । मंगलबार सेयर बजार खुले पनि कारोबार भएन ।

‘आइसिपी’ सञ्चालन गर्ने सडकको निर्माण ठप्प

वीरगन्ज अलौं सिर्सियास्थित ‘आइसिपी’ (इन्टरगेटेड चेक प्वाइन्ट) अर्थात एकीकृत जाँच चौकीबाट निकासको लागि बनाउन थालिएको सडक निर्माण ठप्प भएको छ।

दुई कोरियाबीच बैठक ठप्प, सैन्य अभ्यास नराेकिएसम्म बैठकमा नबस्ने उत्तरको अडान

उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय अधिकारीको बैठक अझै बस्न सकेको छैन। गएको बुधबार बस्ने भनिएको सो बैठक हप्तादिनसम्म पनि बस्न नसकेको बताइएको छ।

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।

रसुवागढी नाका जोड्ने सडकमा पहिरो गएपछि यातायात ठप्प

अन्तराष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडकखण्डमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको छ । आइतबार दिउँसो १ बजेतिर जिल्लाको स्याफ्रुबेँशीमा पहिरो गएपछि यातायात सञ्चालन रोकिएको हो । मल्टी इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गरिरहेको २० मेगावटको लाङटाङखोला जलविद्युत आयोजना निर्माणस्थलमा सडक खन्ने क्रममा पहिरो गएको हो।

बिप्लब बन्दः गाउँका सडक ठप्प, सहर बजार खुल्लमखुल्ला

दुई–तीन वर्षअघिसम्म नेपालमा बन्द हड्ताल र चक्काजाम सहर केन्द्रित थियो। दिनहुँ हुने बन्द, हड्ताल, चक्काजाम, मसाल जुलुस र टायर बालेको धुँवाले सहरका मान्छे वाक्क दिक्क हुन्थे।

कर्मचारी नहुँदा नगरको कामकाज ठप्प

त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी लामो समयसम्म जिल्ला बाहिर हुँदा नगरको कामकारबाही प्रभावित भई सेवाग्राही मारमा परेका छन । तालिम सेबिनार र कार्यालयको कामको लागि भनेर काजमा जिल्ला बाहिर गएका नगरपालिकाका प्रमुख ओमबहादुर बुढा प्रमुख प्रशासकीय अधिकृत भिमबहादुर धरला र लेखापाल पदमप्रसाद खनाल लामो समयसम्म कार्यालयमा नफर्केपछि सेवाग्राही मारमा परेका हुन ।

चार सय बेडको मातृशिशु भवनको काम ठप्प

स्वास्थ्य मन्त्रालयले विनियोजित बजेटसमेत रोक्का गर्दा विगत ५ महिनादेखि मातृशिशु भवनको निर्माण कार्य ठप्प भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले जनाएको छ।

भोजपुरका ग्रामीण भेगमा यातायात ठप्प

एक साता देखि लगातार वर्षात भएपछि भोजपुरका ग्रामीण भेगमा सञ्चालन हुँदै आएको यातायात सेवा ठप्प भएको छ।

कार्यालय प्रमुख दुई महिना देखि अनुपस्थित, कामकाज ठप्प

सदरमुकाम मंगलसेन स्थित सिचाई विकास डिभिजन कार्यालय करिव दुई महिना देखि प्रमुख विहीन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ।

सिन्डिकेट जोगाउन यातायात ठप्प

उपभोक्ता कानुन र व्यावसायिक मर्यादा मिच्दै सिन्डिकेट जोगाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ आन्दोलनमा उत्रेको छ। काठमाडौं–बनेपा रुटमा सुविधासम्पन्न बससेवा सञ्चालनमा आएपछि त्यसको विरोध गर्दै महासंघ व्यावसायिक मर्यादा र कानुनविपरीत आन्दोलनमा उत्रेको हो।

डोल्पा सदरमुकाम पाँचौ दिन ठप्प

ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएको बिरोधमा डोल्पा सदरमुकाम पाँचौ दिनपनि ठप्प रह्यो। दुनैवासीको आन्दोलनले यहाँको जनजीवन कष्टकर बन्दै गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्