१३ आश्विन २०८१ आइतबार
image/svg+xml

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

जाजरकोटको स्थानीय प्रशासनले  नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ।

तीजमा तडकभडक

दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला–ठूला पार्टी प्यालेस र रेस्टुरेन्टका बनावटी परिकारले इतिहास बनाइदिए।

तीज : पहिले र अहिले

हिन्दू नारीको छुट्टै र ठूलो निकै महिमा बोकेको मौलिक चाड हो– तीज। खानामा, गीतमा र सम्बन्धमा मिठास भर्ने हाम्रो गौरव बोकेको संस्कृति हो– तीज। सदियौँदेखि चलिआएको यो मौलिक पर्वमा अहिले भने खै कतै धमिराले खाएर हो कि मक्किएर हो, खोक्रो लाग्न थालेको छ। हाम्रा हजुरआमा, आमाहरूले तीजका बेला गाउँ नै घन्किने गरी मीठा भाकामा दुःख, पीडा, विरह, सुख, माया, प्रेम, विद्रोहका कुरा गीतमार्फत व्यक्त गर्थे। हामीले त्यो पुस्ता नभेटेका पनि होइनौँ। जब कृष्ण जन्माष्टमी नजिक आउँथ्यो, तब मात्र चेलीको चहलपहल सुरु हुन्थ्यो। बाटामा रातै बनेर ओहोरदोहोर गरेका महिला देख्दा लाग्थ्यो– तीजले कति रौनक बोकेर आएको छ !

तीज गीतमा विकृति घट्दै

साउन महिनासँगै कलाकारहरू तीज विशेष गीत तयार गर्ने चटारोमा लागेका छन्। राजधानी वरपरका रेकडिङ स्टूडियोहरू तीज विशेष गीत रेकर्ड गर्न पुगेका कलाकारहरूले भरिएका छन्। तीज विशेष गीत रेकर्ड गरिसकेका कलाकारहरू म्युजिक भिडियोको सुटिङ गरिरहेका छन्। युट्युवलगायतमा म्युजिक भिडियो सार्वजनिक गरेका कलाकारहरू गीतमाथि आएका प्रतिक्रियाहरू लिदैछन्। यस वर्ष तुलनात्मक रूपमा स्तरिय तीज विशेष गीतहरू आएको दाबी यस क्षेत्रमा सक्रिय कलाकार र स्रष्टाहरूले गरेका छन्।

पाण्डेको तीज कोसेली ‘चुरा’

सञ्चारकर्मी एवं वृत्तचित्र निर्देशक गणेश पाण्डेको तीज गीत ‘चुरा’ सार्वजनिक भएको छ। पाण्डेको शब्दमा रहेको गीतमा गायिका सुनिता अधिकारीको स्वर छ भने शिव हमालको संगीत रहेको छ।

इन्दिराको तीज कोसेली ‘नाचौँ मितिनी’

गीतकार दिनेश अधिकारीको शब्द तथा गायिका इन्दिरा भट्टराईको स्वरमा  ‘नाचौँ मितिनी’ गीतको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरिएको छ।

रेश्माको ‘नेटो काटमकी यसपालि’

गायिका रेश्मा केसीको ‘नेटो काटम कि यसपालि’ तीज गीत सार्वजनिक भएको छ। गीतमा तृप्ती खड्का, रेश्मा केसी र गायक सन्दीप न्यौपानेको स्वर छ।

सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन विधेयक प्रमाणीकरण

प्रदेश सभाको वैशाख ८ गते बसेको बैठकले पारित गरेको विधेयकलाई सभामुख नेत्रनाथ अधिकारीले सोही दिन प्रमाणित गरेका थिए। दुवै विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम सभामुख अधिकारीले प्रमाणित गरेपछि गण्डकी प्रदेशसभा सचिवालयले प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो।

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्।

माइतीले बिर्संदा...

गएको दुई हप्ता तीजको रमझम महसुस गरियो। छिमेकीको वल्लो घर, पल्लो घर दुवैतिर, दायाँ–बायाँ दुई हप्तादेखि तीजको नाचगान चलिरहेको थियो।

तीजकाे समाजशास्त्र

नेपाली समाज पुरुषप्रधान समाज हो । पारिवारिक शान्ति र समुन्नतिका साथै श्रीमान्को खुसीमा नै हिन्दु नारीले आफ्नो जीवनयापन गर्नुपर्ने धर्मशास्त्रको गलत व्याख्याका कारण सामाजिक संरचनामा महिलाको महत्वलाई कम मूल्यांकन र अनादर गरिएको छ ।

पर्वले बढाउँदै सामुदायिक अन्तरघुलन

लहान–३ स्थित शिव मन्दिरमा बुधबार विहानैदेखि तीजको कथा श्रवण गर्ने महिलाहरुको बाक्लो उपस्थिती थियो। तीज कथा श्रवण गर्ने मधेसी र पहाडी महिलाको सरोबरी उपस्थिती पर्वले यस समुदायमा सांस्कृतिक अन्तरघुलन बलियो बनाउँदै गएको प्रमाण दिएको छ।

पशुपतिमा तीजकाे राैनक (फाेटाे फिचर)

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बुधबार बिहानैदेखि भीड लागेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्