६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

तीजमा राति साढे ९ बजेपछि नाँचगान गर्न नपाइने

फाइल फोटाे

जाजरकोट– जाजरकोटको स्थानीय प्रशासनले  नेपाली हिन्दु महिलाहरुको पर्व तीजको अवसरमा रातको समयमा गरिने नाँचगानहरु नपाइने निर्णय गरेको छ। राति साढे ९ बजे भन्दा पछि गर्न नपाइने निर्णय गरेको जनाएको छ। प्रशासनको निर्णयलाइ अटेर गरे कारवाहि गरिने समेत प्रशासनले जनाएको छ।

तीज आउनु भन्दा धेरै पहिले देखि नै अनावस्यक तडकभडक बढेको र यसले विकृति निम्त्याउनुका साथै त्यसैको आडमा उत्सृङखल समुहहरुले अराजक गतिविधि बढाएर शान्ति सुरक्षामा समेत असर पर्न गएकोले स्थानीय प्रशासनले राति साढे ९ बजे भन्दा पछि सदरमुकामलगायतका स्थानहरुमा नाँचगान गर्न नपाइने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेतले बताए। उनले भदौ १४ गते देखि १७ गतेसम्म राति ११ बजेसम्म मात्र नाँचगान गर्न पाइने निर्णय गरिएको बताए।

तीजको अवसरमा रातको समयमा नाँचगान गरिने स्थानहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरीहरु परिचालन गरिएको र तीजको मुख्य दिन भन्दाअघि साढे ९ बजेपछि नाँचगान गर्ने जो कोहिलाइ पनि  कारवाहि गरिने  प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए। उनले यस भन्दा अघि ने साढे ९ बजेपछि नै  नाँचगानका सबै कामहरु बन्द गर्नुपर्ने बताए।

तीज पर्व अनावश्यक रुपमा भड्किलो बन्दै गएको र समाजमा असान्त गतिविधिहरु पनि बढ्दै गएकोले चाडपर्वलाइ मर्यादित व्यवस्थित र अनुशासित बनाउन स्थानीय प्रशासनले यस्तो निर्णय गरेको बस्नेतले बताए।

स्थानीय प्रशासनको  निर्णय र अग्रसरतालाइ सवै सरोकारवालाहरु र सर्वसाधारणले साथ दिनुपर्ने उनले बताए। तीज, जन्माष्टमी र पञ्चमीलगायतका पर्वहरुको नाममा कला सँस्कृति र परम्पराको संरक्षण र सम्वद्र्धन भन्दा पनि समाजमा अराजकता र उत्सृङखलता बढाउने समुहरु सक्रिय हुन थालेपछि चाडपर्वको रौनकता हराउँदै जान थालेको स्थानीय राजुराजा सिंहले बताए। उनले  नयाँ र पुराना पुस्ता मिलेर संस्कृतिको जगेर्ना गर्न छोडेर बाहिरी सँस्कृतिको आयत गर्ने र अराजकतालाइ वढावा दिने काममा  केहि नयाँ पुस्ताहरु लागेको बताए।

प्रकाशित: ४ भाद्र २०७६ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App