४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
प्रवास

पोर्चुगलमा मागियो निर्मलालाई न्याय

लिस्बनस्थित मार्तिममुनिजको खुला पार्कमा तीज बिशेष सांस्कृतिक कार्यक्रममा निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर चेलीहरुले सांकेतिक बिरोध जनाउंदै । तस्बिर : भरत प्रधान

लिस्बन– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्यायको माग गर्दै पोर्चुगलमा प्रवासी नेपालीले प्रदर्शन गरेका छन्। 

हरितालिका तीजको अवसरमा प्रवासी नेपालीहरुले लिस्बनमा आयोजना गरेको कार्यक्रममा निर्मलाको पक्षमा न्यायको माग गर्दै हात र टाउकोमा कालो पट्टी बांधेर सहभागी चेलीहरुले सांकेतिक बिरोध जनाउँदै सामूहिक नृत्य प्रस्तुत गरेका थिए। यसक्रममा नेपाली चेलीहरुले लिस्बनमा निर्मलाका लागि न्याय माग्दै कालो तीज मनाएका हुन्। 

नारी समाज पोर्चुगलको आयोजनामा लिस्बनस्थित मार्तिममुनिजको खुलापार्कमा आयोजित तीज बिशेष सांस्कृतिक कार्यक्रममा कलाकारहरुले नेपालमा भइरहेको हत्या हिंसा, बलात्कार, अपहरण तथा निर्मला पन्तको घटनाजस्ता बिषयलाई गीतमार्फत् उठान गर्दै त्यस्ता अपराधजन्य घटनाको अन्त्य हुनुपर्ने मौलिक भाकामा आधारित तीजगीत प्रस्तुत गरेका थिए। चर्चित लोकदोहोरी गायक मिलन लामाले प्रवासी नेपालीलाई नचाएका थिए।

प्रवासमा रहेपनि नेपालीकला र लोक संस्कृतीको संरक्षण तथाप्रचार प्रसार गर्ने उद्देश्यले बिदेशी भूमिमा तीज बिशेष कार्यक्रमको आयोजना गरिएको नारी समाजकी अध्यक्ष सीता बरालले बताइन्। उनले निर्मलालाई न्यायको लागि हात र टाउकोमा कालो पट्टी बांधेर कालो तीज मनाएको जानकारी दिइन। 

८३ बर्षीया बृद्धा मनरुपा कडेंलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेश कुमार गुरुङ, एनआरएन आईसिसी सदस्य नरेन्द्र हमाल, एनआरएन पोर्चुगलका अध्यक्ष कुबेर कार्की लगायत सहभागी थिए।

प्रकाशित: १ आश्विन २०७५ १५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App