२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन मितिसहितका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन्। दलीय सहमतिका आधारमा राष्ट्रियसभा मिति घोषणाका साथै प्रदेशका प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा छलफल गर्न देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन्।

राष्ट्रिय निकुञ्ज र स्थानीयबीचको विवाद मिलाउन बैठक

‘पर्या पर्यटन’को लागि नेपालकै एउटा उत्कृष्ट गन्तब्यको रुपमा पहिचान गरिएको ‘पर्सा राष्ट्रिय निकुञ्ज’ र स्थानीयबीच देखिएको बिवाद सामाधानका निम्ति मंगलवार वीरगन्जमा बैठक बसेको छ। सरोकारवालाहरुको बैठकले निकुञ्ज क्षेत्रभित्र पर्ने दुग्देश्वरनाथ महादेव स्थानमा बर्षमा ३ पटक लाग्नेमध्ये श्रीपञ्चमीको मेला शान्तिपुर्ण, प्रदुषणरहित तथा जंगलको प्राकृतिक अवस्थामा खलल नपुग्ने गरी ब्यवस्थापन गर्ने र दिगो रुपमा यसलाई ब्यवस्थि गर्न स्थानीय समुदायले नै मेलापछि योजना पेश गर्ने सहमति गरेको छ।

माओवादी बैठकमा 'हैसियत' को चिन्ता

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकमा नेकपा एमालेसँग हुने भनिएको एकताको तयारी कसरी गर्ने भन्नेबारे छलफल भएको छ। मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दहाल निवास खुमलटारमा बसेको बैठकमा पार्टी एकताको बारे अध्यक्ष दाहालले सचिवालय सदस्यलाई 'ब्रिफिङ' गरेका थिए।

माओवादी केन्द्रको बैठक सुरु, एकताबारे छलफल हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक सुरु भएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालको नयाँ निवास खुमलटारमा पार्टीको बैठक बसेको छ।

बस्न सकेन पार्टी एकता संयोजन समितिको बैठक

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि गठवन्धन बन्यो। गठवन्धन घोषणाहुँदा दुई पार्टीबीच निर्वाचन पछि एकता हुने समेत घोषणा भयो। दोस्रो चरणको निर्वाचन सम्पन्न भएको झण्डै एक महिना पुग्न लाग्दासम्म एकताको प्रक्रिया अघि बढ्न सकेको छैन। एकताको बारे दुई पार्टीका नेताहरुले बेला बेलामा गर्ने टिप्पणीले वाम राजनीति तात्ने गरेको छ।

आज कांग्रेस कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिक प्रणालीबाट निर्वाचित हुने सांसदको नाम टुंगो लगाउन शुक्रबार कार्यसम्पादन समितिको बैठक बोलाएको छ । निर्वाचन आयोगले दलहरुलाई निर्वाचित हुनलाई छानिने उम्मेदवारको अन्तिम नामवली बुझाउन पत्र पठाइसकेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने भएको छ।  प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि प्राप्त परिणामका बारेमा समीक्षा गर्न ती निर्वाचनपछि पहिलोपटक भोलि बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेसको बैठक बस्न लागेको हो।

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ। सीमावर्ती भारतीय सहर रक्सोलको रेलवे यार्डमा रेलको रेकमा आइपुग्ने क्लिंकर ओसार पसार गर्दा प्रदुषण भयो भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको छ।

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।

सर्वदलीय बैठक निष्कर्षविहीन, कांग्रेस-एमालेको अडान कायमै

रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएको छ। राष्ट्रिय सभा गठनका लागि बनाइएको अध्याधेशमा छलफल गर्न बोलाइएको बैठक सहमतिमा पुग्न नसकेको हो।

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। राष्ट्रिय सभा गठन प्रकृयामा विवाद आएपछि प्रधानमन्त्री देउवाले बैठक डाकेको बताइएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगन्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगन्जमा गर्ने भएको छ । पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

माओवादी केन्द्रीय समिति बैठक जारी, पार्टी एकता र चुनाब समीक्षा मुख्य एजेन्डा

माओवादी केन्द्र केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टी एकता र चुनाब समीक्षा हुने स्रोतले जनायो।

प्रदेशसभा बैठकस्थल पहिचान गर्दै सरकार

सरकारले सातवटै प्रदेशमा प्रदेशसभाको पहिलो बैठक बस्ने सम्भावित भवन र ठाउँ छनोट गरेको छ । प्रदेशसभा बैठक बस्ने भवन छनोट गर्न सहरी विकास मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनका आधारमा सरकारले सातै क्षेत्रमा सम्भावित स्थान र भवन छनोट गरेको हो । सरकारको यो छनोट अन्तिम नभएर प्रारम्भिक हो ।

युरोपको उड्डयन सुरक्षा समितिको बैठक सुरु : कालोसूची सम्बन्धी नेपालको एजेन्डा प्रवेश

बेल्जियमको ब्रसेल्समा युरोपेली युनियन (इयु) को उड्डयन सुरक्षा समितिको बैठकमा नेपाली उड्डयन क्षेत्रको ‘कालोसूची’ सम्बन्धी ‘एजेन्डा’ ले प्रवेश पाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्