४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेसको समीक्षा बैठकमा कुटाकुट, घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

स्याङजा-  नेपाली कांग्रेस स्याङजा क्षेत्र नम्बर दुईको चुनावी समीक्षा बैठकमा कर्याकर्ताबीच कुटाकुट भएको छ। सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कुटाकुट भएको हो।

घाइते भेषराज अर्याल र कमल ढकाललाई उपचारको लागि काठमाडौं स्थित बयोदा हस्पिटल लगिएको उनका दाई खुमा अर्यालले जानकारी दिए। दुवै जना घाइतेलाई पोखराबाट हेलिकप्टरबाट काठमाडौं लागिएको थियो। देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तामाथी कुटपिट गरेको आरोप छ।

‘टाउकोमा चोट लागेको छ । सिटी स्क्यान पछि थप उपाचार हुनेछ ।’ अर्यालले भने, ‘पूर्व योजना अनुसार कुटपिट भएको छ ।’ नेपाली कांग्रेसले लोकतन्त्रको धज्जी उडाएको उनको आरोप छ।

अर्का घाइते सुशील काफ्लेको अवस्था सामान्य रहेको उनको बुवा केदार काफ्लेले बताए। काफ्ले स्थानीय मेडिकलमा उपाचार पछि घर फर्किएका छन्। ‘बैठक भनेर बोलाउने अनि मान्छे पिट्ने’ काफ्ले अक्रोश व्यक्त गरे।  ‘समीक्षा बैठकमा कार्यकर्ता होइन गुण्डाहरु बोलाएका रहेछन्’, काफ्लले भने, ‘यो अमानवीय र घोर निन्दनीय कार्य हो।’

उता क्षेत्रिय सभापति अर्जुन अर्यालले बैठकमा हातपात भएको स्वीकारे। ‘बैठकमा हातपात भएको हो । भीडलाई सामान्य बनाउन खोज्दा को को माथि आक्रमण भयो थाहा भएन’, अर्यालले भने, ‘घटनालाई अतिरञ्जित गर्ने दुष्प्रयास हुँदैछ ।’ घटनाको विषयलाई लिएर कसैले व्यक्तिगत फाइदाका लागि राजनीति नगर्न आग्रह गरे।

वडा प्रहरी कार्यालय वालिङ प्रमुख इन्सपेक्टर चिनकपुर गुरुङले आफुहरुलाई कार्यक्रमको बारे पहिला जानकारी नभएको बताए। ‘घटना भयो भनेर घटनास्थल पुग्दा सामान्य थियो’ उनले भने, ‘सत्य तथ्य हामी बुझ्छौ।’

घाइते कमल ढकालका भाइ शोभाकान्त ढकालले घटनामा संलग्न व्यक्तिहरुलाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखस्त दिएका छन्। उनले विष्णुप्रसाद पौडेल, अर्जुन अर्याल, सुनिल खनाल, बिनोद पराजुली, सञ्जय श्रेष्ठ, ध्रुव पंगेनी लगायतका व्यक्तिहरुलाई किटनी जाहेरी दिएका हुन् । अरोपित पौडेल स्याङजा क्षेत्र नम्बर दुई ‘क’ का तर्फका प्रदेशसभा सदस्यका लागि उम्मेदवार थिए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति कमल पंगेनी, सचिव बुद्दि बहादुर राना, विष्णुप्रसाद पौडेल लगायत नेताहरुको उपस्थिति थियो। स्याङजा क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसका तर्फबाट वर्तमान सरकारका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ पराजित भएका थिए। श्रेष्ठ वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेकी नेता पदमा अर्यालसँग ३ हजार ७ सय ६ मतले पराजित भएका थिए। पौडेल मोहन रेग्मीसँग हारेका थिए।

प्रकाशित: १० पुस २०७४ १३:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App