६ आश्विन २०८१ आइतबार
image/svg+xml

चार किलो सुनसहित विमानस्थलबाट चिनिया नागरिक पक्राउ

चार किलो सुनसहित एक जना चिनिया नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।

महावीर गोल्यानसँग १० लाख धरौटी माग

सर्वोच्च अदालतले ३३ किलो सुन प्रकरणमा मुछिएका महावीर गोल्यान बाहेक अन्यको हकमा विराटनगर उच्च अदालतकै फैसलालाई सदर गरेहो छ।

भारतीय गाडीबाटै गाँजा तस्करी

विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक वीरगंज–२५, बहुअरीबाट बिआर २८ जी २७७० नम्बरको बोलेरो गाडीमा बनाइएको ‘फल्स बटम’भित्रबाट गाँजा बरामद गरेको हो।

भन्सार कर्मचारीकै मिलेमतोमा तस्करी

एउटा ताजा घटनाले गौर भन्सारका कर्मचारीकै सहयोगमा तस्करी भइरहेको रहस्योद्घाटन गरेको छ। सीमावर्ती भारतीय बजारबाट ल्याइएको कपडा भन्सार कर्मचारीले कम मूल्यांकनमै जाँचपास गरेर तस्करी गराइरहेको पोल खुलेको हो।

सुन तस्करको नयाँ ट्रान्जिटः तिब्बत हुँदै गोरखा

उत्तरी गोरखाको धार्चे गाउँपालिका ३ माछाखोला स्थित ओढारमा लुकाएर राखेको अवस्थामा १६ किलो सुन प्रहरीले बिहिवार  बरामद गरेको छ। धार्चे १ यारुबगरका ४० वर्षिय धनकमल गुरुङले छेकम्पारबाट ल्याएको उक्त सुन ओढारमा बोराभित्र सलमा पोको पारेर खाल्डोमा गाडेको अवस्थामा प्रहरीले फेला पारेको हो। बरामद भएको उक्त सुनको बजार मूल्य आठ करोड ८१ लाख रहेको छ।

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

विप्लव समूहलाई नियन्त्रणमा लिन सफल भयौंः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सरकार मुलुकमा शान्ति, सुरक्षा र सुशासन कायम गर्न सफल रहेको दावी गरेका छन्। गृहमन्त्री थापाले सुरक्षा चुनौतिको रुपमा रहेको नेत्रविक्रम चन्द विप्लव समूहलाई नियन्त्रणमा लिन पनि सरकार सफल भएको बताए।

नेपालबाट भारततर्फ गाईगोरु तस्करी गर्ने नाइके पक्राउ

नेपालबाट सीमावर्ती भारततर्फ अवैध तरिकाले गाईगोरु तस्करी गर्ने मुख्य नाइकेलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

तस्करी आरोपमा वडाध्यक्षमाथि कुटपिट

पातारासी गाउँपालिका–४ का वडाध्यक्ष कालीबहादुर रावत न्याय माग्न सदरमुकाम खलंगामा झरेका छन्। लुम गाउँका स्थानीयले अवैध जडीबुटी सेतक चिनी चोरी निकासीमा संलग्न रहेको आरोपमा कुटपिट गरेपछि उनी न्याय माग्न खलंगामा झरेका हुन्।

बेलायती केराउ नेपाल हुँदै भारत तस्करी

प्रहरीको गस्ती टोलीले सोमबार भारततर्फ लैजाँदै गरेको ८३.५ केजी बेलायती केराउ बरामद गरेको छ। मधुवन नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा राखिएको केराउ बरामद गरेको प्रहरीले जनाएको छ।

मानव तस्करी चीनतर्फ

चीनमा अलपत्र परेका ४४ नेपाली चेली उद्धारको पर्खाइमा छन्। सजिलो काम र राम्रो आम्दानीको प्रलोभनमा परी चीन आएर विचल्ली भएको २ महिना हुन लागेको छ। उनीहरूलाई कपडा प्याकिङ गर्ने सजिलो काम भनी झुक्याएर गार्मेन्ट कारखानामा सिलाइको काममा लगाइएको छ। तर उनीहरूले कहिल्यै सिलाइ मेसिन छोएका थिएनन्।

मानव तस्करीको बाटो हुँदै लिबिया पुगेका एक नेपालीको मृत्यु

त्रिपोलीमा कार्यरत नेपाली शान्ति सेनासँग दूतावासले निरन्तर सम्पर्क स्थापना गरी सहयोग एवं समन्वय गरिरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्