६ आश्विन २०८१ आइतबार
image/svg+xml

साढे ३३ किलो सुन प्रकरणका न्यायाधीशलाई कारवाहीका लागि सिफारिश

न्यायपरिषद्ले साढे ३३ किलो सुन तस्करीका अभियुक्तको सुनुवाइमा अनुचित प्रभावमा परी मुद्दाको कारवाही गर्ने न्यायाधीशलाई कारवाहीका लागि सिफारिश गर्ने निर्णय गरेको छ। परिषद्को मङ्गलबार बसेको बैठकले उच्च अदालत विराटनगरका न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेशकुमार सिंहलाई कारवाहीका लागि प्रधानन्यायाधीश समक्ष सिफारिश गरेको हो।

सुन तस्करीको जालो : ४६ महिनामा ४ सय ८३ पक्राउ

पछिल्लो समय सानोदेखि ठूलो परिणाममा अवैध सुन बारम्बार बरामद हुने गरेको छ। नेपाल प्रहरीले पछिल्लो ४४ महिनामा सुन तस्कर र भरिया गरी ४ सय ८३ जनालाई पक्राउ गर्‍यो। सोही अवधिमा प्रहरीले तातोपानी नाका, रसुवावढी नाका र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भित्र्त्रित लागेको ४ सय २६ किलो १८ ग्राम अवैध सुन बरामद गर्‍यो।

यसरी हुन्छ सशस्त्र र नेपाल प्रहरीकै स्कर्टिङमा रातभर तस्करी

जिल्लास्थित भारतिय सीमा नाकाबाट रातभर अवैध सामानहरु आयात एवं निर्यात हुने गरेको स्थानीयले बताएका छन्। दिनभर सुरक्षा निकायबाट अत्यन्त कडाई हुने सिमा क्षेत्रमा रातभरी भने तस्कर समूहले निर्वाध रुपमा अवैध सामानहरु आयात एवं निर्यात गर्ने गरेको स्थानीयको गुनासो छ।

मुल भन्सार नाकाबाटै तस्करी

सीमा सुरक्षामा खटेका दुई देशका सुरक्षाकर्मीलाई छलेर वा प्रभावमा पारेर हुने तस्करीको बिगबिगी त आफ्नो ठाउँमा छदैछ, मुल भन्सार नाकाबाट ट्रकमै तस्करी भइ मालसामान बाहिरिने घटना दोहोरिएको छ।

युनिस पुरानै धन्दामा

भारतीय जाली नोट तस्करी प्रकरणमा युनिस अन्सारी पुरानो नाम होइन। लामो समय जेल बसेपछि धरौटीमा रिहा भएको दुई वर्षमै उनी पुरानै जाली नोट तस्करी धन्दा गरेको अभियोगमा शुक्रबार प्रहरीको फन्दामा परे।

औचित्यबिनाका छोटी भन्सार

वीरगन्ज भन्सार मातहतका ११ छोटी भन्सारमध्ये अधिकांश औचित्यहीन देखिएका छन्। ११ मध्ये १० भन्सारसँग सीमापारि भारतीय भन्सार जोडिएका छैनन्, जसले गर्दा छोटी भन्सार चोरी तस्करीको माध्यममात्र बनेका छन्।

भन्सारमा बदमासीः चेकजाँच नै नभई यसरी नेपाल भित्रियो एक कन्टेनर सामान

बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल गेट अगाडी केहीबेर रोकियो। भन्सार यात्रु शाखामा पनि केही बेर रोकिए झै गर्यो। तर त्यहाँका भन्सार कर्मचारी र राजश्व गस्तीले त्यसलाई नदेखेझैं गरे। कन्टेनर सरासर मुल सडकबाटै भन्सार नपसी करिब १ किलोमिटर भैरहवा तर्फ आएपछि बल्ल नेपाल प्रहरीको नजरमा पर्यो।

दोलखाको किर्नेबाट चितुवाको छाला बरामद

सशस्त्र प्रहरी टोलीले साढे ५ मिटर लामो चितुवाको छाला बराम गरेको छ। दोलखाको तामाकोसी गाउँपालिकाको किर्नेटार बजारबाट सशस्त्रको टोलीले एक साता अघि सुराकीको आधारमा साढे ५ मिटर लामो चितुवाको छाला बरामद गरेको हो।

दुई तस्करसहित ४० गाई नियन्त्रण

रौतहटको विभिन्न नाकाबाट राष्ट्रिय जनावर गाईको तस्करी बढेको पाइएको छ। नेपालबाट सिमावर्ती भारतीय बजारतर्फ राष्ट्रिय जनावर गाईको तस्करी हुने क्रम नरोकिएपछि तस्करी नियन्त्रणका लागि पछिल्लो पटक प्रहरीले तस्करीको जालो भत्काउन थालेको छ।

भुसाल भन्छन्, ‘दैनिक सय तस्करी र दलालसँग भेट हुन थाल्यो’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले नेताहरुको दिनमा सय जना दलाल र तस्करीसँग भेट हुने गरेको बताएका छन्। आइतबार कार्ल माक्र्सको २०१ जन्मस्मृतिमा बोल्दै भुसालले विहान तस्करी, दिउँसो दलाल र साँझ आफ्नै पार्टीका नपढाउने प्रोफेसरसँग भेट हुने गरेको बताएका हुन्। उनले भने ‘आँखा मात्रै झिम्काउनुस् त्यहा सबथोक हुन्छ।’

केन्याबाट १२ नेपाली युवती उद्धार

प्रहरीकाे लामो अनुसन्धानपछि यौन धन्दा तथा मानव तस्करीमा संलग्न गिरोहलाई समाउन सफल भएकाे त्यहाँकाे प्रहरीले जनाएकाे छ। पक्राउ पर्ने नेपाली युवतीहरु तान्जानियासँग सीमा जोडिएको लुङ्गा–लुङ्गा नाकाबाट केन्यातर्फ तस्करी गरिएको प्रहरीको भनाइ छ ।

मलद्वारमा लुकाएको सुनसहित ३ चिनियाँ नागरिक पक्राउ

मलद्वारमा लुकाएर सुन ल्याउने तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। तीन किलो ३ सय ग्राम सुनसहित ३ जना चिनियाँ नागरिकलाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको एसपी कृष्ण कोइरालाले जानकारी दिए।

भारतमा बरामद ३३ किलो सुन नेपालबाट नलगिएको दाबी

भारतीय प्रहरीले गत पुसमा बरामद गरेको ३३ किलो सुन नेपालबाट गएको नभई भुटानबाट आएको दाबी गरेको छ। भारतीय राजस्व अनुसन्धान विभागले दिएको जानकारीअनुसार सो परिमाणको सुन नेपालबाट लगिएको नभई भुटानबाट तस्करी भई भारत आएको हो। कोलकाताको राजस्व अनुसन्धान विभागका वरिष्ठ अनुसन्धान अधिकृत तुषारकान्ती विश्वासले दिएको प्रतिवेदनमा बरामद ३३ किलो सुन भुटानको बाटो हँुदै भारत भित्रिएको र सुन ल्याउने व्यक्ति पनि भारतीय नै भएको उल्लेख छ।

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्