६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

धनकमलले ओढारमा लुकाएर राखेका थिए १६ किलो सुन

फाइल तस्बिर/नागरिक

काठमाडौं - गोरखा प्रहरीले ओढारमा लुकाइराखेको १६ किलो सुन बरामद गरेको छ। गोरखा धार्चेको एक ओढारबाट उक्त सुन बरामद गरिएको प्रहरीले जनाएको छ। २७ दिन अघिदेखि हराइरहेका माछाखोलाका धनकमल गुरुङ बुधवार पक्राउ परेपछि उक्त सुन फेला परेको हो।

तिब्बतबाट ल्याएको सुन लुटेरा समूहले लुट्न खोजेपछि धनकमलले नै ओढारमा लुकाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। तीब्बतबाट खच्चरमा सुन  ल्याएको सुचना पाएपछि लुटेराको एउटा समूहले लुट्न खोजेको थियो। त्यसपछि उक्त सुन धनकमलले ओढारमा लुकाइएको प्रहरकिो अनुमान छ। त्यसपछि उनी सम्पर्कबिहिन थिए। उनले आफू अपहरणमा परेको नाटक गर्दै आएका थिए।

परिवारको सम्पर्कमा रहने तर प्रहरी सम्पर्कमा नरहेका कारण सुन कारोवारमा धनकमलको संलग्नता रहेको आशंका प्रहरीको थियो। २६ दिनपछि धनकमल पक्राउ परेपछि तिब्बतबाट ल्याइएको सुन भेटिएको हो। तीन सातादेखि प्रहरीले धनकमलसहित सुन आएको भन्ने सुचना अनुसार खोजी गरिरहेको थियो।

प्रकाशित: ९ श्रावण २०७६ ०७:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App