२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

चिसोले रित्तिंदै हिमाली बस्ती

चिसोले हिमाली जिल्ला मनाङ र मुस्ताङका माथिल्ला भेगका बस्ती रित्तिँदै गएका छन्। चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेको स्थानीयले बताएका छन्।

लोक सेवा परिक्षामा पाँच लाखले फाराम भरे, तीन हजार पास

सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।

जुम्ला–मनाङ सडकको काम तीव्र गतिमा हुँदै

जुम्ला सदरमुकाम खलङ्गादेखि डोल्पा हुँदै मनाङ र मुस्ताङसम्म जोड्ने सडकको काम तीव्रगतिमा अघि बढाइएको छ।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

कर्मकाण्डमा सीमित धान दिवस

दिवस जब उत्साह बोकेर आउँछ तब मात्र त्यो प्रिय बन्छ। जब दिवस वार्षिक कर्मकाण्डका रूपमा जबर्जस्ती उपस्थित हुन्छ, त्यसले न आकर्षण ल्याउँछ न त कुनै आशा नै।

हिमपातले मनाङ र मुस्ताङमा आउजाउ नै रोकियो

अधिक हिमपातले हिमाली जिल्लाको जनजीवन सकसपूर्ण बनेको छ। हिमाली जिल्ला मनाङमा हिमपातपछि हिमपहिरो झर्दा एकजना स्थानीय बेपत्ता भएका छन। मुस्ताङमा भने धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म पनि उक्लिन नसकिने गरि भीषण हिमपात भएको छ। हिउँ नपग्लेसम्म मुक्तिनाथ पुग्न नसकिने स्थानीय प्रशासनले बताएको छ।

भारी हिमपातले हिमाली जिल्लामा सकस

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।

मनाङ र मुस्ताङको तापक्रम माइनस १५ सम्म

अधिक चिसोले हिमाली जिल्लाका बासिन्दाको बसोबास प्रभावित बनेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम अहिले माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको छ।

खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उक्लिँदा खोप लगाउने समूह भने सहरतिर झरेका छन्।

मनाङ र मुस्ताङका १८ वर्ष माथिका सबै नागरिकलाई खोप

हिमाली जिल्ला मनाङ र मुस्ताङले १८ वर्ष उमेर माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाएका छन् । कोभिशिल्डको दोश्रो डोजको खोप थोरै संख्याका नागरिकलाई मात्र लगाउन बाँकी रहेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

मुस्ताङमा ३९ सय र मनाङमा ३५ सय मिटरसम्म उक्लियो कोरोना

निकै नै कम आउजाउ हुने भएपनि हिमाली जिल्ला मनाङ र मुस्ताङका उच्च भेगसम्म कोरोनाको दोश्रो लहर उक्लेको छ । मनाङमा समुन्द्री सतहदेखि ३५ सय मिटर र मुस्ताङमा ३९ सय मिटर उचाईसम्म संक्रमण उक्लेको जिल्लास्थित स्वास्थ्य कार्यालयले बताएका छन् ।

मनाङ र मुस्ताङमा सडक सम्पर्क स्थापित गर्न विकास समितिको निर्देशन

वर्षाले प्रदेशमा भौतिक पूर्वाधारमा पुर्याएको क्षतिबारे समितिको आजको बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतसँगको छलफलमा समितिले म्याग्दीको गलेश्वरमा गत असार २६ गतेको बाढीले बेलिब्रिज बगाउँदा मुस्ताङसँगको यातायात सम्पर्क विच्छेद भएको तथा मनाङ जोड्ने सडकसमेत अवरुद्ध रहेकाले अविलम्ब मर्मत गरी सडक सम्पर्क स्थापित गराउन सरकारलाई निर्देशन दिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्