१३ आश्विन २०८१ आइतबार
image/svg+xml

रासायनिक मल ल्याउन भारतसँग जिटुजी

बजेट भाषणमा नै मलका लागि बजेट सुनिश्चित गर्दा पनि बाली लगाउने सिजनमा अभाव भएपछि सरकारले चर्को आलोचना खेप्दै आएको छ। ग्लोबल टेन्डर प्रक्रियाबाट मल खरिद गर्दा न्यूनतम ५–६ महिना लाग्ने भएकाले छोटो प्रक्रियाबाट मल ल्याउन जिटुजी गरिएको हो। बाली लगाउने बेला बर्सेनि किसानले रासायनिक मलको अभाव झेल्दै आइरहेका छन्।

कृषि मन्त्रीको सय दिनको प्रगति सार्वजनिक

मन्त्री यादवले किसानले अब मलको अभाव झेल्नु नपर्ने बताए। लामो समयदेखि किसानले मलको समस्या झेल्दै आएको बताउँदै आगामी दिनमा मागका आधारमा मलको व्यवस्था गर्ने दाबी गरे।

धानको क्षतिपूर्ति बापत किसानलाई एक अर्ब रूपैयाँ

वर्षाबाट पीडित किसानलाई राहत वितरण गर्न गृह मन्त्रालयले करिब ६ अर्ब रूपैयाँ माग गरे पनि अर्थ मन्त्रालयले १ अर्ब रूपैयाँ मात्र निकासा गरेको हो। १ अर्ब रूपैयाँमध्ये करिब ८६ करोड रूपैयाँ ३१ जिल्लामा पठाइसकेको छ।

८ पालिकाका १६३ समूहमा कृषि कार्यक्रम

विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानको आर्थिकस्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागू गरिएको छ।

गहुँलाई मल छैन धानको लागि किन्न पौने १२ अर्ब

अर्थबाट रासायनिक मल खरिद गर्न थप पौने १२ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘मल खरिदका लागि थप बजेट माग गरेका थियौं,’ मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘अर्थ मन्त्रालयले मल किन्न थप ११ अर्ब ७५ करोड रूपैयाँ बजेट सुनिश्चित गरेको छ।’

मल किन्न १२ अर्ब पुगेन

अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य व्यापक बढेपछि चालु आर्थिक वर्षमा मल खरिदका लागि सरकारले विनियोजन गरेको १५ अर्ब रुपैयाँ बजेटले नपुगेको हो।

किसानले धानको क्षतिपूर्ति अझै पाएनन्

सुरुमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत राहत वितरण गर्ने कार्यविधि बनेकोमा पछि गृह मन्त्रालयमार्फत वितरण गर्ने तयारी गरेकाले ढिलाइ भएको हो।

विदेशमा हराएका कर्मचारी खोज्दै सरकार

सरकारले सरकारी छात्रवृत्तिमा विदेशमा अध्ययन गर्न गएका तर बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहेका सरकारी कर्मचारीको खोजबिन तथा रेकर्ड राख्न सुरु गरेको छ। अध्ययन बिदा सकिएपछि पनि स्वदेश फर्कन नचाहने कर्मचारी धेरैजसो प्राविधिक समूहका छन्।

तीन महिनामा पौने १८ अर्बको खाद्यान्न आयात

चालु आर्थिक वर्ष २०७८/७९ मा धान भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले करिब ११ अर्ब ८७ करोड रूपैयाँको धान नष्ट गरेकाले चामल आयात अझै बढ्ने देखिएको छ।

किसानलाई पाँच अर्ब क्षतिपूर्ति दिने तयारी

१५ दिनको सूचना दिएर किसानलाई आफ्नो क्षतिको माग दाबी गर्न आह्वान गरी एक महिनाभित्रै उनीहरूको खातामा क्षतिपूर्तिको रकम पठाउने तयारीमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय जुटेको छ ।

धानबालीमा सवा आठ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकका सातै प्रदेशमा गरी धानबालीमा ८ अर्ब २६ करोड ८० लाख रूपैयाँ बराबर क्षति पुगेको हो।

वर्षाले धानमा ६ अर्बभन्दा बढी क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार लुम्बिनी, सुदूरपश्चिम र प्रदेश नम्बर १ को धानबालीमा बढी क्षति भएको छ।

प्रदेश १ मा ६५ जनामा कोरोना संक्रमण

संक्रमणमुक्त हुनेमा २२ महिला र ४४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको विकास मन्त्रालयले जनाएको छ।

रासायनिक मललाई पाँच अर्ब अपुग

माग अनुसारबजेट विनियोजन नहुँदा रासायनिक मलको अझै अभाव हुन सक्ने भन्दै कृषि मन्त्रालयका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। सरकारले चालु आवमा करिब चारलाख मेट्रिक मल आयात गरेरबिक्री गर्ने योजना बनाएको थियो।

प्रदेशसभामा कृषि अनुदान विधेयक पेस

विधेयकमा कृषि क्षेत्रको व्यवसायीकरण, विकास र रोजगारी सिर्जनाका साथै समग्र अर्थतन्त्र गतिशील र सुदृढ गर्न अनुदान वितरण व्यवस्थित र पारदर्शी रूपमा कार्यान्वयन गर्ने लगायत व्यवस्था छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्