५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

८ पालिकाका १६३ समूहमा कृषि कार्यक्रम

विपन्न वर्गलाई लक्षित गरेर ग्रामीण बस्तीका किसानको आर्थिकस्तर बढाउन कृषि क्षेत्र विकास कार्यक्रम लागू गरिएको छ। जाजरकोट, रुकुम पश्चिम, सुर्खेत र सल्यानका ८ पालिकामा १ सय ६३ कृषि समूह तथा सहकारी बनाएर कार्यक्रम गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत कृषि क्षेत्र विकास कार्यक्रम जाजरकोटले सुर्खेत, सल्यान र पश्चिम रुकुमका पालिका स्तरमा कार्यक्रम गरिरहेको छ। कृषि क्षेत्र विकास कार्यक्रम मार्फत बिउ आलु उत्पादन, बेमौसमी तरकारी उत्पादन, दूध उत्पादन र बाख्रा खसी बोका पालनमा छानिएका समूह/सहकारीलाई खर्च गरेको हो।

मुख्य गरी विपन्न, महिला तथा जनजातिलाई समेटेर कार्यक्रम गर्ने लक्ष्य छ। कृषि क्षेत्र विकास कार्यक्रम लागू भएका पालिकाहरूमा जाजरकोटका भेरी नगरपालिका, छेडागाढ नगरपालिका, नलगाढ नगरपालिका, शिवालय गाउँपालिका, कुशे गाउँपालिका, सल्यानको वनगाड कुपिण्डे नगरपालिका, सुर्खेतको सिम्ता गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका छन्।

कार्यक्रमले सुरुमा कृषि विकास समिति गठन गरेर अभिमुखीकरणसहित क्लस्टर (प्याकेट) छनोट भएपछि समूह तथा सहकारीबाट किसानले के गर्ने त्यसको प्रस्तावना आह्वान गरेपछि मात्र कार्यक्रम हुने गरेको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App