२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

जिल्ला अदालत खोटाङबाट १३५ मुद्दा फर्स्योट

अदालतका अनुसार निरन्तर सुनुवाईतर्फ दर्ता भएका ३६ वटा मुद्दामध्ये १६, ५८ वटा थुनुवा मुद्धा दर्ता भएकामा ४१ वटा र मेलमिलापमा पठाइएका १६ वटा मुद्दामध्ये ३ वटामा मेलमिलाप भएको, ११ वटा मेलमिलाप हुन नसकी फिर्ता भएको र २ वटा मुद्दा प्रकृयामा रहेको छ। कोभिड–१९ को असरका कारण लक्ष्य प्राप्ती नगर्दै गत आर्थिक वर्ष विते पनि चालु आर्थिक वर्ष लक्ष्य अनुसार उपलव्धी हासिल गरिने जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यले बताए।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकोट गाउँपालिका वडा नं. ५ तिलखोरिया स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ ब्रह्मायणी बस्ने वर्ष ३८ का प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

समयमै मुद्दा फैसला हुन सकेन, फितलो कार्यान्वयन

जिल्ला अदालत गोरखामा गत वर्ष न मुद्दा फैसला छिटो भयो न त फैसला भएका मुद्दाको सफल कार्यान्वयन नै हुन सक्यो । पुराना मुद्दा फैसलामा पनि अदालत चुक्यो । भईसकेको फैसला कार्यान्वयन गराउन समेत सकेन ।

वन मुद्दाका फरार अभियुक्त ४ वर्षपछि पक्राउ

वन मुद्दामा झण्डै डेढ लाख रुपैयाँ जरिवाना सजायका भागीदार भए पनि फरार रहँदै आएका उदयपुरका एक अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । काभ्रेपलाञ्चोक, नाग्रेगगर्चे गाउँपालिका वडा ९ रुपकोट घर भई हाल भक्तपुर नगरपालिका वडा नं. २ बस्ने रामबहादुर भन्ने कृष्णबहादुर प्रधानलाई पक्राउ गरेको हो ।

प्रहरी जवान मृत्यु प्रकरण : इन्चार्जसहित चार जनालाई कर्तव्य ज्यानमा मुद्दा चलाउन आदेश

पूर्वी सुर्खेतको देउली प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्काको हत्या आरोपमा उनका सहकर्मीलाई कर्तव्य ज्यानमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई आदेश दिएको छ ।

२०७६/७७ मा उदयपुर अदालतका ६ सय ५९ मुद्दा किनारा

उदयपुरमा आर्थिक वर्ष ०७६/७७ मा साढे ६ सयबढी मुद्दा किनारा लागेको छ । जिल्ला अदालतले सार्वजनिक गरेको ‘वार्षिक मुद्दा फर्छ्यौट विवरण’ मा बलात्कार, सम्बन्ध विच्छेद र लागुऔषधलगायत बिबिध मुद्दाहरु द्रुतगतिमा छिनोफानो भएको उल्लेख छ ।

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो

सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट बढ्दो छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव २०७६/०७७ मा एक हजार ५६६ थान मुद्दा बढी फर्छ्यौट भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले जानकारी दिए ।

मुद्दाको कारबाही डेढ वर्षभित्र सकिने

न्यायपालिका सुधार्न साउन १ देखि लागू हुनेगरी पहिलोपटक मुद्दाको फरक व्यवस्थापन पद्धतिको सुरुवात गरिएको छ।सर्वोच्च अदालत र देशैभरका अदालतमा इन्टरनेटको माध्यमबाट यो पद्धतिको उद्घाटन गरिएलगत्तै डेढ वर्षभित्र मुद्दा कारबाही सकिने व्यवस्था गरिएको छ।

राजस्व छलीमा साढे ६ अर्बको मुद्दा

राजस्व छली गर्नेविरुद्ध एकै दिन साढे ६ अर्ब रुपैयाँको मुद्दा दायर भएको छ। राजस्व अनुसन्धान विभागले भन्सार छली र नक्कली मूल्य अभिवृद्धिकर बिजक प्रयोग गरेर राजस्व छल्नेविरुद्ध बुधबार ६ अर्ब ६० करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

भ्रष्टाचार मुद्दाको चाप बढ्यो

विशेष अदालतमा भ्रष्टाचार,सम्पत्ति शुद्धीकरणमाअहिलेसम्मकै धेरै मुद्दा दर्ता भएका छन्। यस आर्थिक वर्षमा ४ सय ५० थान मुद्दा दर्ता भएका हुन्। विशेष अदालत स्थापना हुँदाकै बेलादेखि स्रोतसाधनमा दिनहुँ थपिने मुद्दा छिन्न कठिन हुँदै गैरहेको रजिष्ट्रार अशोककुमार क्षेत्रीले बताए। ‘विशेष अदालतमा अहिलेसम्मकै धेरै भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएका छन्,’ उनले भने, ‘सुरुदेखिकै स्रोत साधनमा छौं। भवन छैन, जनशक्ति सीमित हुँदा समयमै मुद्दाको फछर्यौट हुन सकेको छैन।’

सैन्य विभाग प्रमुखविरुद्ध हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान सुरू

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पूर्वी कमाण्ड सैन्य विभाग प्रमुख नन्दबहादुर बोहरा ‘जोखिम’ विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाएको छ । पहिलो चरणमा हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जनाएको छ ।

नगरसभा खारेजीको माग गर्दै जनकपुर उपमहानगरका वडाध्यक्षहरुले दिए सर्वोच्चमा मुद्दा

जनकपुरधाम उपमहानगरपालिकाका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । नगरसभा खारेजीको माग गर्दै वडाध्यक्ष र सदस्यहरुले बुधबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

वडाध्यक्षद्वारा कुटपिट: मिलापत्र गर्न प्रहरीकै दबाब, मुद्दा दर्ता गर्न समेत आलटाल

महोतरीको गौशाला–१२ का दिपलाल महतो तीन सातादेखि इलाका प्रहरी कार्यालय ढल्केबार धाउँदै छन्। धनुषाधाम नगरपालिका–९ पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित घडेरी विवादमा वडा अध्यक्ष संजिव यादवले कुटपिट गरेको उजुरी लिएर इलाका प्रहरीमा आएका महतो निरास हुँदै भने, ‘फोन गर्दा प्रहरीले उजुरी लिएर आउन भन्छ। कार्यालयमा आउदा उजुरी दर्ता नगरी वडा अध्यक्षसँग मिल्न दबाब दिन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्