coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार एकजनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक फुल्पिङकोट गाउँपालिका वडा नं. ५ तिलखोरिया स्थाई घर भई हाल भक्तपुर नगरपालिका वडा नं. ९ ब्रह्मायणी बस्ने वर्ष ३८ का प्रेमबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको हो । जयराम सायजुको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी प्रेमबहादुर बि.क. भएको नकबजनी चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असोज १४ गते  दुईलाख नौ हजार तीन सय ८४ जरिवाना फैसला भएका उनलाई पक्राउ गरेको जनाइएको छ । परिसरबाट खटाइएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको जनाइएको छ ।  

बिकलाई मंगलबार भक्तपुर जिल्ला अदालतमा पेश गरेकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाउने आदेश भए अनुसार केन्द्रीय कारागार जगन्नाथदेवल सुन्धारा काठमाडौ पठाइएको जनाइएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ १४:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App