१९ आश्विन २०८१ शनिबार
image/svg+xml

म्याद सकिएका सामान नष्ट

जिल्ला अनुगमन समितिले शनिबार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ।

दुर्गममा मातृशिशु मृत्युदर शून्य

छोटो समयमै स्वास्थ्य क्षेत्रमा फट्को मारेको तमानखोला जिल्लामै नमुना पालिकाका रूपमा स्थापित भएको छ।

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजनाबीच सम्झौता

सिटिजन्स बैंक र सिद्धिखोला जलविद्युत् आयोजना प्रवर्धक कम्पनीबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ।

केशलिया–बुढीखोला करिडोर निर्माण यसै वर्षदेखि थाल्छौँ :मुख्यमन्त्री कार्की

कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलिया–बुढीखोला करिडोरको निर्माण यसै वर्षदेखि सुरु गर्ने बताएका छन्।आज विराटनगरमा केशलिया–बुढीखोला करिडोरको डिपीआर प्रतिवेदन बुझ्दै कार्कीले यसै वर्षदेखि करिडोर निर्माण सुरु गर्ने जानकारी दिएका हुन्।

युनाइटेड मेवाखोलाको सेयर निष्कासनमा सिटिजन्स क्यापिटल

सिटिजन्स क्यापिटल र युनाइटेड मेवाखोला हाइड्रोपावरबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ।

चिसो याममा पनि बिक्दैनन् बख्खु र काम्ला

‘हाम्रो पालामा अहिलेको जस्तो कपडाहरु पाइँदैनथ्यो, खुट्टामा जुत्ता चप्पल लगाउने चलन थिएन, ऊनको कपडा ओढेर चिसो छल्ने गथ्र्यौं, घरपिच्छे मान्छेहरुले घुम, काम्लो, भाङ्ग्रा बुन्थे तर अहिले कसैले पनि बुन्दैनन्, बुने पनि बिक्री नै हुँदैन,’भन्छन, निसीखोला गाउँपालिका–६ का ७४ वर्षीय वीरमान बुढामगर।

दुई औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम सुरु भएको छ।

डाँडापारिका गाउँमा पूर्वाधार विस्तारले पलायो आशा

काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकामा सडक निर्माण र विद्युत् विस्तारले केही भए पनि आशा पलाएको छ।

राज्यमन्त्री चपाईद्वारा मध्यपहाडी राजमार्गको अनुगमन

भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गरेकी छन्।

प्रधानमन्त्रीको निर्देशनः‘झोलामा खोलाको स्थिति अन्त्य गर्नुस्’

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको ऊर्जा क्षेत्रको विकासमा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिएका छन।

ट्रयाक्टर दुर्घटनामा श्रीमान्, श्रीमतीसहित पाँच जनाको मृत्यु

रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ।

सिसी क्यामेराबाट निगरानी गरिंदै छ धार्चेको माछिखोला बजार

उत्तरी गोरखाको धार्चे गाउँपालिकाको सदरमुकाम रहेको माछिखोला बजारलालाई सिसी क्यामेरामार्फत निगरानी गर्न थालिएको छ।

लगडीगोठ र जोगियाको ‘सीमाञ्चल सम्बन्ध

भारतीय गाउँ जोगिया र सिरहा नगरपालिका–२१ लगडीगोठको सिमाना मैनावती खोला हो। सीमावारिपारिका बासिन्दा फरकफरक देशका नागरिक हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्