४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पोखरामा अब ‘सुपरम्यान जीपलाइन’

साहसिक पर्यटकलाई लक्षित गर्दै झन्डै एकदशक देखि जिपफ्लायर संचालन गरिरहेको यहाँको हाइग्राउण्ड एडभेन्चर्स ‘सुपरम्यान जीपलाइन’ सेवा पनि दिन थालेको छ । यसअघि हुने गरेको जीपलाइन भन्दा सुपरम्यान जीपलाइन अझै बढी रोमाञ्चक र साहसिक हुने हाइग्राउण्ड एडभेन्चरले बताएको छ ।

व्यवसायी भन्छन्ः अल्ट्रालाइट उडानको विकल्प देउ

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनिरहेको छ । २०२२ को जुलाई १० मा यो विमानस्थल संचालनमा आउने लक्ष्य छ । तर, पोखराको यही आकाशमा पर्यटक सयर गराउने अल्ट्रालाइट, जाइरोकप्टर, प्याराग्लाइडिङ, हटएयर बेलुनको उडान अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएसँगै के हुने भन्ने अन्योलमा छ ।

शैक्षिकसत्रकै भौतिक कक्षा आगामि शुक्रबारदेखि

कोरोना भाइरस संक्रमणको त्रासले गर्दा लामो समयदेखि बन्द रहेका कास्कीका सबै विद्यालय असोज एक गतेदेखि खुल्ने भएका छन् । पोखरा महानगरभित्रका सबै विद्यालय आगामि शुक्रबारदेखि संचालन गर्न पाउने गरि महानगरले निर्णय गरेको छ । महानगरबाहेक कास्कीका अरु स्थानीय तहले केहीदिन अघिदेखि नै विद्यालय खुलाईसकेका छन् ।

स्पोर्टस क्यासललाई अंशुभराको साथ

आगामि असोज २ गतेदेखि पोखरामा फुटसल लिग शुरु हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल हुने फुटसल लिगको आवश्यक तयारी अन्तिम चरणमा छ । कभर्ड हलमा म्याट विछ्याईसकिएको छ । असोजको पहिलो साता हुने लिगमा स्पोर्टस क्यासललाई पोखराकै अंशुभरा समूहले प्रायोजन गरेको छ ।

अझै खुलेनन् पोखरा क्षेत्रका पर्यटकीय गन्तव्य

पछिल्लो दिनमा कोरोना भाइरस संक्रमण केही घटेको छ । संक्रमण घटेसँगै मानवीय आउजाउ बढ्न थालेको छ । संक्रमण घटेको संकेत पर्यटकीय क्षेत्र लेकसाइडमा बढेको चहलपहलले पनि देखाउँछ । किनकी अहिले आन्तरिक पाहुनाको चहलपहल केही देखिएको व्यवसायीले बताएका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम (फोटोफिचर)

कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।

पोखरेली पर्यटन व्यवसायी भन्छन्ः अब व्यवसाय खोलौं

कोरोना भाइरस संक्रमण कमजोर हुँदै गएको भन्दै पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसका लागि पर्यटकीय गन्तव्य खुला गर्दै व्यवसायीले व्यवसाय सुचारु गनुपर्ने उनीहरुले बताए ।

पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु

भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।

धवलागिरी जोड्ने सडकको विजोग (फोटोफिचर)

यातायात सेवा अवरुद्ध हुँदा उपचारका लागि पोखरासम्म आउन पनि स्थानीयलाई समस्या परेको छ। धवलागिरी अञ्चलको मूल प्रवेशद्वार पर्वत हो। तर, अहिले पर्वत सदरमुकाम कुश्मा समेत पुग्न सकस छ।

पोखरा–बागलुङ सडक खुलाउनै सकस

गत विहीबार मध्यरातको भीषण वर्षापछिको पहिरोले मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्डको केही भाग छियाछिया भयो । भीषण पहिरोले राजमार्गको करिब आठकिलोमिटर खण्ड पुरै ध्वस्त पारेको छ ।

छोटो अवधिमा भीषण वर्षाको उदण्ड (तस्बिरसहित)

पोखरामा बुधबार बेलुकी ६ बजेदेखि भीषण वर्षा सुरु भएको थियो । भीषण वर्षा मध्यरातसम्म जारी थियो । भीषण वर्षाले बजार क्षेत्रमा बढेमानको भेलमात्र निम्त्याएन की आसपासका क्षेत्रमा मानवीय क्षति नै हुनेगरि पहिरो नै झा¥यो ।

पहिरोमा पुरिएर पोखरामा पाँचजनाको ज्यान गयो, एक बेपत्ता

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन ।

बुद्धको पोखरा–सिमरा उडान सुरु

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा हवाई उडान सुरु गरेको छ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ ।

बुधबारदेखि पोखरा–सिमरा उडान हुँदै

निजी क्षेत्रको वायुसेवा कम्पनि बुद्ध एयरले बुधबारदेखि पोखरा–सिमरा सिधा उडान सुरु गर्दैछ । सुरुवातमा साताको तीनदिन यो रुटमा उडान गर्ने बुद्धको योजना छ । यात्रुको माग थपिँदै गएमा सातैदिन र एकभन्दा बढी पनि उडान गर्न सकिने बुद्धको भनाई छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्