coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

स्पोर्टस क्यासललाई अंशुभराको साथ

आगामि असोज २ गतेदेखि पोखरामा फुटसल लिग शुरु हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हल हुने फुटसल लिगको आवश्यक तयारी अन्तिम चरणमा छ । कभर्ड हलमा म्याट विछ्याईसकिएको छ ।  

असोजको पहिलो साता हुने लिगमा स्पोर्टस क्यासललाई पोखराकै अंशुभरा समूहले प्रायोजन गरेको छ । अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले स्पोर्टस् क्यासलको फुटसल टोलीलाई एकवर्षको लागि आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो । क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा समूहको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

निर्देशक थापाले आफ्नो समूहको मान्यता अनुरुप सामाजिक उत्तरदायित्वको जिम्मेवारी बोध गर्न खेलकुद संस्थालाई सहयोग गरेको बताए । उनले क्यासलसँग आन्तरिक रुपमा आपसी समझदारी गरेको बताउदै एक वर्ष आधिकारिक रुपमा साथ दिने बताए । थापाका अनुसार समूहले क्यासललाई आगामी वर्षको भदौको २६ गतेसम्म साथ दिनेछ ।  

त्यसैगरी क्यासलका सञ्चालक गुरुङले हस्ताक्षर पश्चात बोल्दै अंशुभराको साथ प्रति आभार प्रकट गरे । उनले आफ्नो टोलीले विगत २ महिनादेखि प्रशिक्षण गर्दै आएको बताउदै प्रतियोगितामा राम्रो रिजल्ट दिने विश्वास व्यक्त गरे ।  यसैगरी हस्ताक्षर कार्यक्रममा बोल्दै युवा समाजसेवी राजन गुरुङले स्पोर्टस् क्यासलले सिङ्गो गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बताए । उनले खेलकुदको विकासमा राजनैतिक हस्तक्षेप हुन नहुने समेत धारणा राखेका थिए ।  

यसैबीच विगत २ महिना देखि बन्द प्रशिक्षणमा रहेको टोलीले  कुल १७ जनाको अन्तिम नाम सार्वजनिक गर्ने  टिम व्यवस्थापक ओम गुरुङले बताए । उनका अनुसार क्षितिज गुरुङको कप्तानीमा राष्ट्रिय फुटसल टोलीका पूर्व कप्तान विजय गुरुङ, राष्ट्रिय फुटसल खेलाडी विनोद गुरुङ, सरोज गुरुङ लगायतले प्रशिक्षण गरिरहेका छन् ।  उनीहरुलाई विष्णु गुरुङ र अर्विन गुरुङले प्रशिक्षण दिईरहेको व्यवस्थापक गुरुङले बताए ।

आगामी अजोज २ गते देखि २२ गते सम्म पोखरा रङ्गशालाको कभर्ड हलमा आयोजना हुने ए डिभिजन फुटसल लिगमा  देशभरबाट कुल १० टिमले प्रतिस्पर्धा गर्नेछ । प्रदेश १ बाट फुटसल फाईभ धरान, दी राईजिङ क्लब धरान, बाग्मती प्रदेशबाट ढुकु फुटसल हब, शंखमुल फुटसल, प्रभातफेरी युवा क्लब, र स्काई गोल्स फुटसल क्लबको सहभागिता रहनेछ । यसैगरी गण्डकी प्रदेशबाट स्पोर्टस् क्यासल र सविन मेमोरियल, लुम्बिनी प्रदेश र सुदुरपश्चिमबाट २ टिमले प्रतिस्पर्धा गर्नेछ ।  

स्पोर्टस् क्यासलले असोज २ गते साढे चारबजे पहिलो खेल प्रभातफेरी युवा क्लबसँग खेल्ने छ । उक्त लिग विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता ५ लाख रुपैयाँको हकदार बन्ने छ । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट खेलाडीले जनही २५ हजार प्राप्त एन्फाले जनाएको छ ।

प्रकाशित: २८ भाद्र २०७८ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App